0
लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बाबुराम गिरीले स्वस्थ प्रतिस्पर्धा गर्न व्यवसायीलाई आग्रह गरेका छन् । लेखनाथ हार्डवयर्स एसोशिएसनकोे प्रथम साधारणसभा तथा अधिवेशनकको शनिबार उद्घाटन गर्दै अध्यक्ष गिरीले मुनाफाका नाउँमा व्यवसायीका बीच अस्वस्थ प्रतिस्पर्धा देखिएको भन्दै, त्यसलाई सुधार नगर्ने हो भने व्यवसायीहरु धरासायी हुने उल्लेख गरे । उनले लेखनाथलाई व्यवसायिक केन्द्रका रुपमा मात्र नभई औद्यागिक शहरका रुपमा पनि विकास गर्नुपर्नेमा जोड दिएका थिए । बार्षिक झण्डै आधा अर्व भन्दा बढीको कारोबार गर्ने हार्डवयेर्स व्यवसायीहरुले अवको लगानी उद्योग तर्फ बढाउनु पर्नेमा उनले जोड दिए । कार्यक्रममा लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत रामचन्द्र पौडेलले शहरको सुन्दरतामा व्यवसायीहरुले ख्याल गर्नुपर्नेमा जोड दिंदै, गुणस्तरीय सामान विक्री गर्न आग्रह गरे । उनले उपभोेक्ताको सुरक्षित आवासका लागि पनि भूकम्प प्रतिरोधात्मक घर निर्माणका लागि जनचेतनामूलक कार्यक्रम गर्न व्यवसायीहरुलाई आग्रह गरे । पोखरा हार्डवयर्स एशोसिएशनका अध्यक्ष प्रेम प्रसाद पौडेलले व्यवसायीले नाफा नोक्सान मात्र नहेरी सामाजिक उत्तरदायित्वकोे क्षेत्रमा समेत सहयोेग गर्न आग्रह गरे । उनले प्रतिस्पर्धाका नाउँमा तोकिएको मूल्य भन्दा कम दरमा सामान नवेच्न सुझाव दिंदै भोलि नापतौल तथा गुणस्तर कार्यालयले कारवाही गर्ने अवस्था आउने बताए । एशोसिएशनका अध्यक्ष राजेन्द्र ओझाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष झक्तवहादुर के.सी, लेखनाथ निर्माण व्यवसायी समितिका अध्यक्ष किसानसिंह गुरुङ्ग, कुटानी पिसानी संघ लेखनाथका अध्यक्ष रामजी पौडेल, संयुक्त गोर्खा सैनिक क्लवका अध्यक्ष मेजर रामप्रसाद गुरुङ्ग, पारालिगल लेखनाथका अध्यक्ष कोपिला रानाभाट लगायतले शुभकामना मन्त्व्य व्यक्त गरेका थिए । कार्यक्रमको संचालन महासचिव विजय गुरुङ्ग र धन्यवाद ज्ञापन उपाध्यक्ष ऋषिराम भण्डारीले गरेका थिए । अधिवेशनले आगामी दुई बर्षका लागि नयाँ नेतृत्व समेत चयन गर्नेछ ।

Post a Comment

 
Top