0
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सनले  आगामी मंसिर २३ गतेदेखि १४औं प्याब्सन स्पोट्र्स मिट २०७१ सञ्चालन गर्ने भएको छ । आफ्ना सदस्य विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुको वृहत्तर विकासका लागि विभिन्न शैक्षिक तथा अतिरीक्त क्रियाकलापहरु वर्षेनी गर्ने क्रममा यसपटक पनि  जिल्ला व्यापी रुपमा “प्याब्सन स्पोर्ट्स् मिट” गर्न लागेको हो । यस वर्ष पनि प्याब्सन कास्कीले मंसिर २३ देखि २९ गतेसम्म सप्ताह व्यापीरुपमा संचालन हुने गरी “१४आंै प्याब्सन स्पोर्ट्स् मिट २०७१” को आयोजना गर्ने भएको हो । प्रतियोगितामा विभिन्न इभेन्समा करिब ६ हजार विद्यार्थीहरुले प्रतिस्पर्धा गर्नेछन् भने दैनिक १२ हजार भन्दा बढि विद्यार्थी अभिभावक र अन्य दर्शकहरुले प्रत्यक्ष अवलोकन गर्ने दावी आयोजकको छ ।  १४औं प्याब्सन स्पोट्र्स मिट २०७१ लाई सम्पन्न गर्नको लागि प्याब्सन अध्यक्ष चिनु रानाभाट मूल आयोजक समिति संयोजक र कर्ण बहादुर गुरुङ सह संयोजक एवंम् पूर्व अध्यक्षहरु, केन्द्रीय समितिका वर्तमान तथा पूर्व पदाधिकारी एवं सदस्यहरु सल्लाहकार समितिमा रहने गरी र सम्पूर्ण समितिका संयोजकहरु सदस्य रहने गरी स्पोट्र्स मिट सञ्चालन मूल आयोजक समिति गठन गरिएको छ ।

Post a Comment

 
Top