0
इनरह्वील क्लब अफ न्यूरोडको विविध मैत्रीपूर्ण खेलकूद कार्यक्रम शनिबार सम्पन्न भएको छ । पोखरा रंगशालामा भएको सो खेलकूदमा १ सय मिटर, २ सय मिटर दौड र मनोरञ्जनात्मक खेलका साथै विभिन्न १२ वटा खेलहरु समावेश गरिएको थियो । खेलकूदमा ४ वटा इनरह्वील क्लब अन्तर्गत इनरह्वील क्लब अफ न्यूरोड, इनरह्वील क्लब अफ अन्नपूर्ण, इनरह्वील क्लब अफ मिडटाउनका साथै इनरह्वील क्लब अफ पोखराका ७६ जना सदस्य खेलाडीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई अब हुने इनरह्वील डिष्ट्रिक्ट प्रतियोगितामा डिष्ट्रिक्टका अन्तर्राष्ट्रिय अध्यक्षद्वारा पुरस्कृत गरिने संस्थाकी अध्यक्ष उर्मिला श्रेष्ठले जानकारी दिइन् ।  संस्थाकी अध्यक्ष उर्मिला श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि कमलप्रभा खरेलले विभिन्न क्लबका सदस्यहरुबीच भएको मैत्रीपूर्ण खेलकूदले आपसिक भाइचारा विस्तार हुनुका साथै खेलकूद क्षेत्रमा समेत महत्वपूर्ण योगदान पुग्ने बताइन् । कार्यक्रममा पश्चिमाञ्चल खेलकूद विकास समिति कास्कीका खेलकूद विभाग प्रमुख विद्या मर्सानी, जिल्ला खेलकूद विकास समिति कास्कीका कार्यालय प्रमुख प्रकाश बराल, उसु खेलका प्रशिक्षक एवम् अन्तर्राष्ट्रिय रेफ्री अरुण दत्त, रोटरी क्लबका सदस्यहरु दिनेश पालिखे, इश्वर कार्मचार्य, भेकेन्द् कुमार श्रेष्ठ, कार्यक्रम संयोजक दीपमाला श्रेष्ठ, र इनह्वील क्लब अफ न्यूरोडकी सचिव दुर्गा शर्मा लगायतले आ–आफनो भनाई राखेका थिए ।

Post a Comment

 
Top