0
अश्वीनि रानामगरको व्याटबाट एकसय १७ रन निस्किएपछि पोखरा क्रिकेट क्लबले पोखरा रंगशाला क्रिकेट मैदानमा कंक्रा क्रिकेट क्लबलाई एकसय ५८ रनले पराजित गर्दै सेलो तेल क्लबस्तरीय क्रिकेट प्रतियोगिताको सुखद् शुरुवात गरेको छ । ढिलो गरी शुरु गरिएको कास्की जिल्ला क्लबस्तरीय प्रतियोगिता ३५ ओभरमा छोट्याईएको थियो । ट
स जितेर व्याटिङ शुरु गरेको पोखरा क्रिकेट क्लबले आफनो इनिङमा २ सय ९२ बनाउँदै आठ विकेट गुमाएको थियो । ७७ बल खेलेका रानामगरले उत्कृष्ठ शुरुवात गर्दै एकसय १७ बनाउँदा उनले छ चौका र सात छक्का हिर्काए । ध्रुव कार्कीको व्याटबाट ३६ रन निस्किदाँ केवल ३२ बल मात्रै खेल्न पुगे । त्यस्तै प्रदीप राउतले पनि २७ बलमा ३१ रन बनाउने क्रममा चार चौका हिर्काए । चन्द्रकुमार गुरुङ (जिम्मी)ले पनि २३ बलमा २५ रन बनाउँदै पवेलियन फर्किदाँ स्कोर फराकिलो बनिसकेको थियो । दुईसय ९३ रनको फराकिलो लक्ष्य पछ्याएको कंक्रा क्रिकेट क्लब भने ३१ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै एकसय ३४ रनमा प्याकअप हुन पुग्यो । अनिष गुरुङले ३२ र अनुप गुरुङले २७ रनको योगदान दिए । सस्तैमा समेट्ने क्रममा राजेश श्रेष्ठले २३ रन खर्चिएर चार विकेट लिए भने प्रदीप राउत र चन्द्रकुमार गुरुङले पनि दुई दुई विकेट आफनो नाममा लेखाए । प्रतियोगिताको उदघाटन पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष दिपक कोइरालाले गरे । उदघाटन समारोहमा पूर्व अध्यक्ष डा. विरेन्द्रसिंह गुरुङ, अध्यक्ष देवेनसन प्रजू सचिव सन्जयकान्त सिग्देल लगायतले प्रतियोगिताको बारेमा प्रष्टयाएका थिए । क्लबस्तरीय लिगकम नकाउट प्रतियोगितामा पोखराका पाँच क्लबले प्रतिस्पर्धा गरेका छन् । प्रतियोगिता ४० ओभरमा खेलाईएको छ । पाँच क्लवबाट छनोट गरी कास्कीको टोली निर्माण गरिने छ । कास्कीको टोलीले क्षेत्र नं. आठ अन्तर्गतका अन्य जिल्लासंग प्रतिस्पर्धा गरी क१४ जना खेलाडी छनोट गरी क्लोज क्याम्प सञ्चालन गरिने छ ।

Post a Comment

 
Top