0
कास्कीको भदौरेतमागी गाविस वडा नं. २ भदौरेमा आगामी पुस १ गतेदेखि ६ गतेसम्म भदौरे पञ्चासे महोत्सव हुने भएको छ । विगतका वर्षदेखि नै त्यहाँ महोत्सव हुने गरेको भएपनि यसपटक परिमार्जित र विस्तारित रुपमा महोत्सव हुन लागेको बताइन्छ । प्रसिद्ध पर्यटकीय तथा धार्मिक स्थल पञ्चासेको नजिक पर्ने भदौरेमा स्थानीय परम्परा, संस्कृति र रीतिरिवाजको संरक्षण र उत्थानका लागि महोत्सव फलदायी बन्ने विश्वास आयोजकको छ । महोत्सवमा पुरुष भलिवल, महिला भलिवल, रस्सकस्सी, एकल नृत्य र कुर्सी घुमाइका साथै छेलो फाल्ने प्रतियोगिताहरु समावेश गरिएको छ । त्यसमध्ये भलिवलमा प्रथम र दोस्रो हुनेलाई रु.३० हजार र २० हजार तथा सेमिफाइनल पुग्ने दुई समूहलाई ५÷५ हजार पुरस्कार दिइनेछ । नृत्य प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो र सान्त्वना हुने दुई जनालाई क्रमशः ५ हजार, ४ हजार, ३ हजार, २ हजार र एकहजार रुपैयाँका दरले पुरस्कार दिइने छ । महोत्सव सम्पन्न गर्न करिब ८ लाख खर्च हुने र दुई लाख बचत गर्नै लक्ष्य राखिएको छ । महोत्सव सम्पन्न गर्न भदौरे क्लवका विवेक गुरुङको संयोजकत्वमा ६० सदस्यीय मूल समिति र विभिन्न उपसमितिहरु गठन गरिएको छ । जसमध्ये सांस्कृतिक उपसमितिमा सञ्जोक गुरुङ, प्रचार–प्रसार उपसमितिमा जीवन गुरङ, खेलकूद उपसमितिमा दिनेश गुरुङ, अतिथि सत्कार उपसमितिमा ओमबहादुर गुरुङ, मञ्च व्यवस्थापन उपसमितिमा अन्तिम गुरुङ, आर्थिक संकलन उपसमितिमा लक्ष्मी गुरुङ, स्वयंसेवक उपसमितिमा शक्ति गुरुङलाई संयोजक राखिएको छ ।
यसैगरी शान्ति सुरक्षामा आत्यम गुरङ, प्राथमिक उपचार उपसमितिमा हीमबहादुर गुरुङ, स्टल व्यवस्थापन उपसमितिमा जितु गुरुङ र संघसंस्था समन्वयमा दीव्य गुरुङ संयोजक रहेका छन् ।  मेलाको संरक्षक आशबहादुर गुरुङ तथा सल्लाहकारमा आइन्दल गुरुङ, चित्रबहादुर गुरुङ, हस्तबहादुर गुरुङ, ताइकाजी गुरङ, अनिल गुरुङ, भानु पराजुली, निर्मल पौडेल, रामकाजी गुरुङ, प्रजापति पराजुली, जीवन दाहाल, वद्री बराजुली, चेतबहादुर क्षेत्री, प्रेमराज भण्डारी र भदौरे गाविस सचिव शेरबहादुर कुँवर रहेको जानकारी शनिबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा दिइएको थियो । महोत्सवमा पञ्चासे भ्रमण प्याकेज, वाल उद्यान, सूर्योदय र सूर्यास्तको अवलोकन, गुरुङ संग्राहलय प्रदर्शन, कलाकारहरुको सांगीतिक तथा हास्य प्रस्तुति, कृषि उपजको प्रदर्शनी, गुरुङ चलचित्र, नवप्रतिभा तथा मिस दलितको प्रस्तुतिका साथै विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन गरिने सल्लाहकार आइन्दल गुरुङले पत्रकारलाई जानकारी दिए ।

Post a Comment

 
Top