0
नेपाल शिक्षक संघ क्षेत्र नं.१ को हालै सम्पन्न अधिवेशनले किरणबाबु न्यौपानेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । समितिको उपाध्यक्षमा सीतादेवी लामिछाने, सचिवमा रामचन्द्र ओझा सहसचिवमा उषा काफ्ले, कोषाध्यक्षमा राजेश्वर शर्मा रहेका छन् । त्यसैगरी सदस्यहरुमा सूर्यशरण ढुङ्गाना, धु्रव केसी, प्रकाश अधिकारी, द्रोणराज सुवेदी, मधु न्यौपाने र नवीन भट्टराई रहेका छन् । समितिको सल्लाहकारमा राजेन्द्र भट्टराई, लीलामणि त्रिपाठी र मनिराम कँडेललाई चयन गरेको अध्यक्ष किरणबाबु न्यौपानेले बताए । कार्यक्रममा शिक्षक संघका पूर्व अध्यक्ष मित्रलाल सापकोटा, शिक्षक युनियनका सचिव विजय भण्डारी, शिक्षक संघका जिल्ला सदस्य रुमबहादुर खवास, नेपाली काँग्रेस सैमराङ्ग गाउँ इकाई सभापति सुमना सुवेदी, शिक्षक संघका पूर्व क्षेत्रीय उपाध्यक्ष राजेन्द्र अधिकारी लगायतले मन्तव्य राखेका थिए ।
संघका सचिव मणिराम कँडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन समितिका पूर्व सचिव बाबुराम अधिकारीले गरेका थिए ।

Post a Comment

 
Top