0
नेपाल र भारतबीच विभिन्न द्विपक्षीय सहयोग सम्झौतामा हस्ताक्षर भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मंगलबार आयोजित विशेष समारोहमा प्रधानमन्त्री सुशील कोइराला र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा उक्त सहयोग सम्झौतामा हस्ताक्षर भएको हो । नेपाल प्रहरीको एकेडेमी निर्माणका लागि भारतले उपलब्ध गराउने सहयोग सम्झौतामा अर्थ मन्त्रालयका सचिव सुमनप्रसाद शर्मा र भारतीय गृह मन्त्रालयका सचिव स्नेहलता कुमारले हस्ताक्षर गरेका थिए । काभ्रेको पनौतीमा स्थापना गरिने राष्ट्रिय प्रहरी प्रतिष्ठान आयोजना कार्यान्वयनका लागि भारत सरकारले  करिब रु आठ अर्ब ७९ करोड अनुदान सहायता प्रदान गरेको हो । यस्तै दुई मुलुकबीच पर्यटन विकास गर्ने समझदारीपत्रमा समेत हस्ताक्षर भएको छ । उक्त समझदारीपत्रमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत रणजित रायले हस्ताक्षर गरेका थिए ।


Post a Comment

 
Top