
नेपाली काँग्रे्रस क्षेत्र नं. ४ का क्षेत्रीय सभापति आइबहादुर गुरुङ्गले अब बन्ने नयाँ संविधानमा आदिवासी जनजातीका मुद्धा समावेश हुने बताएका छन् । नेपाल आदिवासी जनजाती संघ कास्की क्षेत्र नं. ४ को अधिवेशनको शुक्रबार हेम्जामा उद्घाटन गर्दै उनले पार्टीको निर्णय भन्दा बाहिर आफूहरु नजाने प्रष्ट पारेका छन् । कार्यक्रममा बोल्दै उनले देशमा जातीय राज्य र हिन्दु राष्ट्र भने कुनै हालतमा हुन नसक्ने बताए । क्षेत्रीय संयोजक रामकाजी गुरुङ्गको सभापतित्वमा भएको काय्र्रक्रममा काँग्रेस कास्की सचिव युवराज कुँवर, आदिवासी जनजाती संघ कास्कीका संयोजक अशोककुमार भट्टचन, नेपाली काग्रेस महाधिवेसन प्रतिनिधि पोषनाथ शर्मा, इकाई सभापति माधव बाँस्तोला, दुर्गा तिमिल्सेना, कमला बराल, प्र्रेम बहादुर गुरुङ्ग, भिम बहादुर गुरुङ्ग लगायतले आ–आफ्नो भनाइ राखेका थिए । अधिवेशनले देउकाजी गुरुङ्गको सभापतित्वमा नेपाल आदिवासी जनजाती संघ कास्की क्षेत्र नं. ४ को २१ सदस्यीय नयाँ कार्य समिति चयन समेत गरेको छ ।
Post a Comment