
सम्मेलन तयारी तथा समन्वय समितिका संयोजक एवम् परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले परराष्ट्र मन्त्रालयमा पत्रकार सम्मेलन गरेर सम्मेलनको तयारी प्रायः पूरा भएको र सर्वसाधारणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, त्यहाँबाट विशिष्ट पाहुनालाई आवासका लागि पु¥याइने स्थान, सम्मेलन हुने सभागृहलगायत स्थानको भौतिक पूर्वाधार निर्माण समयमै पूरा नहुने आशङ्का व्यक्त गर्नु स्वाभाविक भए पनि सम्बन्धित निकायले निर्धारित समयमै कार्य सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेकाले ढुक्क हुन आग्रह गरे । भारतीय प्रधानमन्त्रीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिले जनकपुर पुगेर स्वागत गर्ने योजना सरकारको छ भने विमानस्थलमा उपप्रधानमन्त्रीअ द्वयले आवश्यकता अनुसार सार्कका राष्ट्र÷सरकार प्रमुखलाई स्वागत गर्ने व्यवस्था मिलाइएको जानकारी उनले दिए । मन्त्री पाण्डेले भने– “सम्मेलनस्थलमा सम्माननीय प्रधानमन्त्री र आफूले राष्ट्र÷सरकार प्रमुखलाई स्वागत गर्ने र उहाँहरूलाई आवासको प्रबन्ध गरिएको सोल्टी होटलमा शिक्षा मन्त्री चित्रलेखा यादव र ऊर्जामन्त्री राधादेवी ज्ञवालीले स्वागत सत्कार गर्नुहुनेछ ।”
यता, मन्त्री पाण्डेले शिखर सम्मेलनका दुई दिन काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिनेबारेमा आजसम्म कुनै निर्णय सरकारबाट नभएको जानकारी दिँदै ती दिन विद्यालय भने बन्द हुनसक्ने बताए । उनले भने–“शिखर सम्मेलन हुने दिनमा राजधानीको सवारी चापलाई दृष्टिगत गरी जोरबिजोर प्रणाली अपनाउने प्रस्ताव गृह प्रशासनबाट आएको छ ।”नेपालले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) शिखर सम्मेलन प्रत्येक दुई वर्षको अन्तरालमा आयोजना गर्ने प्रस्ताव सार्कका राष्ट्र÷सरकार प्रमुखसमक्ष प्रस्तुत गर्ने भएको छ । आगामी महिना राजधानीमा आयोजना हुने अठारौंँ शिखर सम्मेलनमा उक्त प्रस्ताव गरिने भएको हो । सार्क मन्त्रिपरिषद्बाट उक्त प्रस्ताव अनुमोदन गराउने प्रयास नेपालले गरिरहेको छ । विधानतः सदस्य मुलुकले वर्णानुक्रमअनुसार सार्क शिखर सम्मेलन हरेक वर्ष आयोजना गर्ने प्रावधान छ । सार्क मुुलुकका परराष्ट्र÷विदेश÷बाह्य मामिला मन्त्रालयमा सार्क महाशाखा हेर्ने सहसचिव सम्मिलित कार्यक्रम समितिको बैठक वर्षमा चार पटक, सोही मन्त्रालयका सचिव रहेको स्थायी समितिको बैठक हरेक वर्ष दुई पटक र परराष्ट्र÷विदेश÷बाह्य मामिला मन्त्रीहरूको बैठक कम्तीमा वर्षको एक पटक आयोजना गर्ने प्रस्ताव नेपालले गर्ने परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले राससलाई बताए । साथै उनले अठारौं सार्क शिखर सम्मेलनका क्रममा मङ्सिर ६ गते कार्यक्रम समिति, ७ र ८ गते स्थायी समिति, ९ गते मन्त्रिपरिषद् तथा १० र ११ गते शिखर बैठक हुने जानकरी दिए ।
Post a Comment