0
नेपाल स्वास्थ्यकर्मी सङ्घ पश्चिमाञ्चल क्षेत्रीय समितिको छैटौ अधिवेशन पुष १९ गते पोखरामा हुने भएको छ । सङ्घको विहीबार बसेको बैठकले अधिवेशनको मिति तय गरेको हो । अधिवेशनको तयारीका लागि मूल व्यवस्थापन र विभिन्न समितिहरु गठन गरिएको छ ।  पश्चिमाञ्चल अध्यक्ष नारायण बराल संयोजक र १६ जिल्लाका अध्यक्ष सदस्य रहने गरी मूल व्यवस्थापन समिति गठन गरिएको हो । त्यसैगरी नारायण बरालको संयोजकत्वमा अर्थ समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा अञ्चल संयोजक बद्रि आचार्य, राजुरमण न्यौपाने, नगेन्द्र ठकुरी, मनोजकुमार सिंह, कृष्ण पाण्डे, राम रिजन यादव रहेका छन् ।  साथै बैठकले पशुपति महतोको संयोजकत्वमा अतिथि सत्कार तथा मञ्च व्यवस्थापन समिति गठन गरेको छ । समितिको सदस्यहरुमा तेजाखर लम्साल, विश्वराज घिमिरे, भुपदेव भट्ट, गिरबहादुर खत्री, अञ्जना खड्का, अञ्जु बराल र सरोजकुमार झा रहेका छन् । त्यसैगरी निर्वाचन प्रयोजनका लागि गण्डकी अञ्चल संयोजक बद्रि आचार्यलाई संयोजक तोकिएको छ । बैठक नेपाल स्वास्थ्यकर्मी सङ्घ पश्चिमाञ्चलका अध्यक्ष नारायण बरालको अध्यक्षतामा सम्पन्न भएको थियो । अधिवेशनले आगामी चार वर्षका लागि नयाँ कार्यसमिति चयन गर्ने छ । 

Post a Comment

 
Top