
आगलागीबाट जिपको बाहिरी भागमा खासै क्षति नभएपनि भित्र सिटहरु जलेको छ । क्षतिग्रस्त जिप जिल्ला प्रहर िकार्यालय कास्कीमा राखिएको र आगो लगाउनेहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । कतिपयले भने आन्दोलनको चेतावनी दिइरहेका विद्यार्थीहरुले जिपमा आगो लगाएको हुन सक्ने अनुमान गरेका छन् । विद्यार्थीहरुर्को एउटा समूहले बिहीबार जिल्ला शिक्षा कार्यालय कास्कीमा धर्ना र घराउ गरेकोमा घराउमा संलग्न एमाओवादी सम्वद्ध अखिल क्रान्तिकारीका नत्र चापागाइँलाई प्रहरीले पक्राउ गरेको विरोधमा केही विद्यार्थीहरु आक्रोशित भएका थिए । आक्रोशित विद्यार्थीहरुले शिक्षण संस्था बन्दको आह्वान समेत गरेको बताइन्छ ।
Post a Comment