0
अग्रगामी विद्यार्थी युनियन पृथ्वीनाराण क्याम्पसको बृहत भेलाले बिहीबार सन्जेश गुरुङको अध्यक्षतामा ३५ सदस्यीय पृथ्वीनाराय क्याम्पस समिति गठन गरेको छ । संघीय समाजवादी पार्टीका स्थायी समिति सदस्य सुरेन्द्र थापामगरको प्रमुख आतिथ्यमा भएको भेलाले समितिको उपाध्यक्षमा केशव सापकोटा, सचिवमा अखिल थापामगर, सहसचिवमा मोनिका सापकोटा, कोषाध्यक्षमा विवेक खाँण सर्वसम्मत चयन भएका छन् ।
तमुवानको राजधानी पोखरामा पुस १,२ र ३ गते हुने प्रथम राष्ट्रिय सम्मेलनको आगमनसँगै , देशैभर संगठन निर्माण, विस्तार र पुननिर्माण अभियान अन्तर्गत भेलाले समितिको सदस्यहरुमा रमन राम्जाली, समिर रञ्जिता, कमल थापा, ठगिन्द्र रानामगर, अर्जुन रानामगर, सन्तोष थापा, मुना थापामगर, कन्या थापामगर, संगीता गुरुङ, विन्दु गुरुङ, कुमारी राना, हर्षबहादुर भुजेल, तिलक बराल मगर, सन्तोष राना, सपना राना, सोफिया गुरुङ, सरु गुरुङ, तोया थापामगर, हिमाल श्रीसमगर, प्रगती मानन्धर, मनु थापा, सन्देश बराल, सिता गुरुङ, जीवन सुवेदी, श्रीधर अधिकारी, स्वयम्भु ढुंगाना, हिमाल गुरुङ, सुनिल विक, अञ्जान गुरुङ रहेका छन् । कार्यक्रममा प्रमुख अतिथि सुरेन्द्र थापामगरले नयाँ नेपालको निर्माण नयाँ उर्जाशील युवा विद्यार्थीबाट मात्रै संभव भएको बताए । अग्रगामी विद्यार्थी युनियन पृथ्वीनारायण क्याम्पस भेला आयोजक समितिका संयोजक विशाल रानामगरको अध्यक्षता र सञ्जेस गुरुङको सञ्चालनमा सम्पन्न भेलामा युनियनका केन्द्रीय सचिवालय सदस्य फरेन्द्र थापामगर, बृद्धिजीवि मनबहादुर गुरुङ, संघीय प्रेस युनियनका केन्द्रीय सदस्य हुमबहादुर गुरुङ, अग्रगामी वद्यार्थी युनियनका सुजन तामाङ, तमुवान युथ फोर्स कास्कीका अध्यक्ष कृष्ण तामाङ, फोर्सका उपाध्यक्ष दिलिप गुरुङ, संघीय युवा संघ कास्कीका कोषाध्यक्ष राधा गुरुङ, विद्यार्थी युनियनका केशव सापकोटा, मोनिका सापकोटा, सुसान्त गाहामगर लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

Post a Comment

 
Top