0
स्याङजा जिल्लाको स्वरेक  गाविसको वडानं ५ कोटमा अवस्थित  प्रख्यात शक्तिपिठ स्वरेक भैरव कालिका मन्दिरको लागि पोखरा माउण्ट कैलाश रिसोर्टका संचालक एवं पर्यटन व्यवसायी नरेश भट्टराईले सोलार लाईट सहयोग गरेका छन् । माउण्ट कैलाश रिसोर्टमा शुक्रबार एक कार्यक्रमका बीच स्वरेक भैरव कालिका क्षेत्र विकास समितिका सल्लाहकार घनश्याम पाण्डेयलाई भट्टराई दम्पतीले  सोलार लाईट हस्तान्तरण गरेका हुन् । नरेश भट्टराईले स्वरेक पर्यटकीय दृष्टिकोणले महत्वपुर्ण ठाँउ रहेको बताउंदै दशै–दशैमा मात्रै उज्यालो हुने भैरव कालिका मन्दिरलाई सधै उज्यालो बनाउन पत्रकार  घनश्याम पाण्डे मार्फत स्थानीयको आग्रह अनुसार आफुहरुले सोलार  लाईट सहयोग गरेको बताएका छन् । भट्टराईले स्वरेकमा पौषमा बृहत रुपमा पर्यटकीय गतिविधि संचालन गर्ने पनि जानकारी दिए । माउण्ट कैलाश रिसोर्टका म्यानेजिङ डिरेक्टर सौमाया गुरुङ भट्टराईले आफूहरुले रिसोर्ट संचालनबाट भएको फाइदालाई सामाजिक सेवामा खर्च गर्दै आएको बताईन् । उनले बालबालिकाको उपचारदेखि शिक्षा क्षेत्रमा पनि सहयोग गर्दे आएको बताउदै स्वरेकवासीको व्यवहारबाट आफु उत्साहित भएको बताएकी छिन् । साथै धन भएर भन्दा पनि मन भएर स्वरेकमा सहयोग गरेको कार्यक्रममा बताएकी थिइन् । आफुहरुले सामाजिक सेवामा सहयोग गदाृ  आत्मसन्तुष्टी मिल्ने गरेको उहाँको भनाई थियो । स्वरेक भैरव कालिका क्षेत्र विकास समितिका सल्लाहकार घनश्याम पाण्डेयले माउण्ट कैलाश रिसोर्टका संचालक भट्टराई दम्पतीले स्वरेकको लागि ठुलो सहयोग गरेको बताउंदै स्वेरेकवासी सम्पुर्णको तर्फबाट धन्यबाद व्यक्त गरेका थिए । स्वरेकको विकासको लागि भट्टराई खम्बा भएको उनको भनाई थियो । उनले स्वरेक भैरव कालिका प्रख्यात शक्ति पिठ ,स्वरेक मैदान पश्चिमाञ्चलकै उत्कृष्ट पिकनिक स्पट, प्यरागलाडिङको दृष्टिले उत्कृष्ट ठाउँ र प्राकृतिक रुपमा मनमोहक भएकोले एक पटक स्वरेक पुग्नु पर्ने ठाँउ रहेको बताएका छन् । ओम सन्तोष इन्टरपाईजेजका संचालक सन्तोष घिमिरेले सोलार प्यानलमा २५ बर्ष र ब्याट्रीमा ५ वर्षको वारेन्टी रहेको बताए । ६ वटा बत्ती बाल्न मिल्ने सोलारबाट स्वरेककोट अब भने सधै उज्यालो हुने भएको छ ।

Post a Comment

 
Top