0
अनेरास्ववियु कास्कीको विद्यालयदेखि विश्वविद्यालयसम्म (वि.वि.) अभियान अन्तरगत बुधबार कास्की क्षेत्र नं. १ अन्तरगत विश्वव्यापी उच्च मा.वि. देउराली र ब्रम्ह रुप उच्च मा.वि. राजाको चौतारो लेखनाथमा विद्यार्थी भेला सम्पन्न गरेको छ । उक्त भेलाले विश्व शान्ती उच्च मा.वि. देउरालीमा हिरामणि घिमिरेको अध्यक्षतामा ३१ सदस्यीय ं+२ स्तरीय इकाई कमिटी गठन गरेको छ । उपाध्यक्षमा मनिषा रेग्मी सचिवमा नारायण गुरुङ सह–सचिवमा निर्मला बसौला, कोषाध्यक्षमा एलिजा भुजेल रहेका छन् । यस्तै मा.वि. तर्फ निरज बसौलाको अध्यक्षतामा ५१ सदस्यीय इकाई कमिटी गठन गरेको छ । उपाध्यक्षमा शान्ति शिलवाल, सचिवमा रश्मि घिमिरे, सह–सचिवमा अनिशा रेग्मी, कोषाध्यक्षमा सयन क्षेत्री रहेका छन् । अभियान अन्तरगत नै ब्रम्ह रुपा उच्च मा.वि.मा राराको चौतारो लेखनाथमा भएको विद्यार्थी भेलाले कक्षा १२ तर्फ टुकेश गुरुङको अध्यक्षतामा उपाध्यक्ष शर्मिला बसौला, सचिव पवन अधिकारी, सह–सचिव धिरज श्रेष्ठ, कोषाध्यक्षमा नवराज सुवेदी रहेको ४१ सदस्यीय इकाई कमिटी गठन गरेको छ भने मा.वि. तर्फ कक्षा १० मा सरोज नेपालीको अध्यक्षतामा उपाध्यक्ष चन्द्र कुमारी वि.क., सचिव गोपाल चौधरी, सह–सचिव मालती तामाङ्ग, कोषाध्यक्षमा अजय दमाल सहित २५ सदस्यीय र प्राविधिक तर्फ बुद्धि बहादुर सुनारको अध्यक्षतामा २१ सदस्यीय इकाई कमिटी गठन गरेको छ । उपाध्यक्षमा सुनिता पौडेल, सचिवमा अभिषेक भुसाल, सह–सचिव प्रकृति जोशी, कोषाध्यक्ष समुन्द बहादुर राना रहेका छन् ।
भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि अनेरास्ववियु गण्डकी अञ्चल सह इन्चार्ज नरेश रोकायले विद्यार्थीले १०, १५ वर्षसम्म अध्ययन गरेर प्राप्त प्रमाण पत्रको कुनै मूल्य नहुनु विडम्वना रहेको बताउँदै नयाँ नेपालमा प्रमाण पत्रको आधारमा विना धितो शैक्षिक ऋणको व्यवस्था हुनुपर्ने बताए । यस्तै बिशेष अतिथि अनेरास्ववियु गण्डकी अञ्चल सचिव भरत गुरुङ ‘कोन’ ले इतिहासदेखि वर्तमानसम्म गरिब तथा सम्पूर्ण विद्यार्थीहरुको हकहितको लागि लडिरहने सङ्गठन अनेरास्ववियु भएको हुँदा सबैलाई अनेरास्ववियुमा गोलबद्ध हुन आग्रह गरे ।
यस्तै अनेरास्ववियु जिल्ला सचिवालय सदस्य राजेन्द्र बसौलाले शैक्षिक क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्ने एक मात्र सङ्गठन अनेरास्ववियु भएको जिकिर गरे । कार्यक्रममा अनेरास्ववियु जिल्ला सदस्य सुजन घिमिरे क्षेत्र नं. ४ का अध्यक्ष लक्ष्मण तिमिल्सिना र क्षेत्र नं. १ को पूर्व अध्यक्ष सुजन वास्ताकोटीले शुभकामना मन्तव्य दिएका थिए ।

Post a Comment

 
Top