0
संसारका हरेक व्यक्तिले आफूले आफूलाई स्वच्छ छवि भएको, कर्मठ, इमान्दारी, सोच्ने गर्दछन् । के मैले मेरो लागि माला तथा खादा मैले नै लगाएर सुहाउँंछ भने आम व्यक्ति किन चाहियो ? भन्ने सोच जोकोही व्यक्तिको पनि हुने गर्छ । हुनत त्यो मानिसको सोचाई हो जसलाई हामीले परिर्वतन गर्न चाहे गर्न पनि सकिन्छ । कुनै पनि व्यक्तिले त्यस्तो सोच्नुभन्दा अगाडि यो सोच्नु जरुरी छ कि, कोही पनि व्यक्ति हरेक कुरामा दक्ष हुदैन । म सबैभन्दा जान्ने व्यक्ति हुं भन्ने जो व्यक्तिले पनि सोचाई राख्ने गर्छ त्यो व्यक्ति महामूर्ख हो भन्दा फरक पर्दैन । किनकि हामीले पुराण तथा महापुराणमा पढ्दा पनि थाहा पाएकै कुरा हो, भगवानबाट पनि धेरै गल्ती भएका छन् । हामी त झन् साधारण व्यक्ति हौं, गल्ती गर्दिन भन्दा पनि गल्ती भैहाल्छ । जति नै इमान्दार छु भने पनि कहीं न कहीं गल्ती त भैहाल्छ । तर त्यो गल्तीलाई सुधारेर अगाडि बढ्न सक्नु र त्यो गल्ती फेरी नदोहो¥याउनु नै ठूलो कुरा हो । यसै प्रसङ्गमा केही ठूला तथा महान् व्यक्तिहरुलाई नसम्झिएर बस्न सक्दैनौ, जसले आफ्नो लागि भन्दा पनि समाजको लागि टेवा पु¥याए ।
साथै त्यस्ता व्यक्तिहरुबाट हामीले धेरै कुरा सिक्न पनि सकिन्छ । संसारमा त्यस्ता केही व्यक्तिहरु छन्, जसलाई विश्वका सबै व्यक्तिहरुले आफ्नो आदर्श मान्ने गर्छन र उनीहरुबाट धेरै कुरा सिकेका छन् । त्यस्ता व्यक्तिहरुबाट जति धेरै ज्ञान सिक्न सक्यो त्यति नै समाजमा सम्मान जनक भएर बांच्न सकिन्छ ।
त्यस्तै व्यक्तिहरुमा हामी सबैलाई थाहा भएकै कुरा र छुटाउनै नहुने व्यक्ति हुन, अमेरिकाका सोह्रौं राष्ट्रपति अब्राहम लिङ्कन । लिङ्कनले आफ्नो जीवनकालमा कति जेल बसे र कति दुख पीडाहरु भोगे । अमेरिकाको एउटा गरीब परिवारमा जन्मिएका लिङ्कन साथै स्थानीय निकायबाट विभिन्न भूमिकाहरु खेलेर अमेरिका जस्तो राष्ट्रको राष्ट्रपतिको अहोदामा पुसग्न सफल भए । साधारण विचार भएका लिङ्कन आफू राष्ट्रपति हुंदा समेत आफ्नो जुत्ता पोलिस आँफै गर्थे । अरु काम पनि लिङ्कन आफैले गर्थे । उनी राष्ट्रपति हुँदा आफ्नो कार्यालयमा एउटा प्रतिपक्षी राखेका थिए । आफ्नै प्रतिपक्षीलाई त्यसरी राष्ट्रपतिको कार्यालयमा राखेपछि सबैले लिङ्कनलाई एउटै प्रश्न सोध्ने गर्थे । त्यो प्रश्न थियो, त्यस्तो व्यक्तिलाई कार्यालयमा किन राखेको ? प्रश्नको उत्तर दिदै लिङ्कनले कार्यालयका कर्मचारीलाई जवाफ दिन्थे–‘ऊ मेरो दुश्मन होला तर राष्ट्रको होइन, ऊ राष्ट्रका लागि सही व्यक्ति हुनाका साथै राष्ट्रको लागि राम्रो काम गरेको छ ।’
नेपालमा भएका केही महान् व्यक्तिको कुरा गर्ने हो भने राष्ट्रपति डा.रामवरण यादवलाई छुटाउन मिल्दैन । डा.यादव अत्यन्तै शालीन, नरम, शहनशील, जनताको दुख पीडा पनि आफ्नो दुःख र पीडा सरह नै सोच्ने किसिमका छन् । त्यही भएर नै होला, उनले देशमा हरेक वर्षजस्तो प्रधानमन्त्री परिर्वतन हुदां उनी परिर्वतन भएका छैनन् । उनको नरम व्यवहार, शालीनताले सबैलाई छोएको छ । आजसम्म उनी कुनैपनि विवादमा समेत फसेका छैनन । हुनत अरु नेतालाई सक्षम छैनन् भनेको होइन, सबै नेताहरु आ–आफ्नो ठाउंमा सक्षम छन्, साथै इमान्दार पनि । तर संसारमा हातमा गन्न सक्ने व्यक्ति मात्र सर्वोत्कृष्ट छन् र त्यसबाट हामीले धेरै कुरा सिक्नु जरुरी हुन्छ । त्यस्ता व्यक्तिहरुमध्ये यादव पनि एक हुन् । राष्ट्रपति यादवबाट पनि हामीले धेरै कुराहरु अनुशरण गर्न सके देशको एउटा सक्षम नागरिक अवश्य बन्न सकिन्छ । नेपालजस्तो केही महिनामा नै सत्ता फेरीने ठाउंमा लामो समयसम्म राष्ट्रपतिको पदमा बसिरहनु चानेचुने कुरा होइन् । यस विषयमा भने राष्ट्रपति यादवलाई सम्मान गर्नेपर्छ ।
हाल भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई हामीले छुटाउनु हँुदैन । सधै देश र जनताको भलाईमा काम गर्ने मोदीलाई आफ्नो कार्यकालको शुभकामना दिन चाहन्छु । आफ्नो प्रतिपक्षी दलहरुलाई पनि आफूसंगै मिलाएर लैजान सक्नु उनको दक्षता हो । उनी पनि विश्वमा भएका त्यस्ता महान् व्यक्तिहरुको एउटा उदाहरण हो । उनको सेवाको भावनाले गर्दा नै आज भारत जस्तो विशाल अनि विकासको क्रममा अगाडि बढिरहेको देशको प्रधानमन्त्री जस्तो पदमा बस्न सफल भएका छन् । उनी कस्तो राजनीतिग्य हुन् सबै विश्वलाई नै थाहा भएको कुरा हो । त्यसैले पनि विश्व राजनीतिमा मोदीको नाम आज उच्च स्थानमा आउने गर्छ । अझैसम्म अविवाहित मोदीले राजनीतिमा लागेर आफ्नो जीवन सबै आफ्नो देशको नागरिकका लागि समर्पित गरेका छन् । त्यसैले मोदीबाट हामीजस्ता साधारण व्यक्तिले धेरै कुराको ज्ञान लिन सकिन्छ । आफ्नो परिवारको सदस्यको समेत चित्त बुझाउन नसकेको अवस्थामा भारत जस्तो ठूलो देशमा भएका नागरिकको प्रधानमन्त्री भएर बस्न पाउनु आफैमा ठूलो कुरा हो ।
अर्को उदाहरणमा हामीले भूल्नै नहुने व्यक्ति हुन, हाल भारतका चिफ आर्मी स्टाफ जनरल दलबीर सिङ सुहाग । सुहाग पनि अत्यन्तै काममा सक्रिय भएर लाग्ने स्वभावका व्यक्ति हुन् । सादा जीवन उच्च विचारलाई मूल मन्त्र बनाउने सुहाग आफ्नो कामप्रति निकै इमान्दार छन् । कसैलाई पनि सकभर दुःख नदिने, सधैं उच्च मनोभाव राख्ने उनी जब आफ्नो काममा लाग्छन् अनि त्यसलाई इमान्दारिताका साथ पुरा परा गर्ने गर्छन् । सबैको इज्जतलाई एक सोच्ने स्वाभिमानी तथा इमान्दार सुहागको जन्म सन् १९७४ मा भारतको उत्तर प्रदेश रानीखेत भन्ने ठाउँमा भएको थियो । रानीखेतमा जन्मिएका सुहाग ४१५ जि.आर ( पाँच गोर्खा राइफल) फ्यान्टीयर फोर्सको चौथो पटालियनमा सेकेन्ड लेफ्टीनेन्ट भएर पल्टनमा प्रवेश गरेका थिए ।
अत्यन्तै सादा विचारका चिफ आर्मी स्टाफ जनरल दलबीर सिङ सुहाग पल्टनमा हुँदा उनीप्रति कोही पनि सिपाही  असन्तुष्ट भएनन् । किनकि उनले आफूभन्दा सानो पदमा काम गर्ने सिपाहीलाई कहिले पनि सानो पदको मानेनन् । उनको विचारमा सबै लमानिस बराबर हुन् । सुहाग त झन् एउटा सामान्य तर उत्कृष्ट अनि सबैको पीडा बुझ्नै मान्छे, मन नपराउने भन्ने कुरा त कहिले पनि हुँदैन् । साथै उनी जस्तो इमान्दार व्यक्तिको आवश्यकता जहाँ पनि हुने गर्छ ।
सबैले त्यस्ता व्यक्तिलाई आफ्नो टिममा समावेश गर्न पाए हुन्थ्यो भन्ने सोच राख्छन् । त्यसैले सर्भिसको क्रममा सुहाग विभिन्न ठाउँमा कमाण्ड गर्न गए । यसै क्रममा १९८७ मा श्रीलंकामा युनिट शान्ति सेनामा जाँदा उनी अल्फा कम्पनीमा ओसी ९इऋ० थिए साथै मेजर पनि । अत्यन्तै निर्भिक स्वभावका जनरल सुहाग उच्च मनोबलका साथ काम गर्नुका साथै आफ्नो कम्पनीलाई राम्रोसंग नेतृत्व पनि गर्थे । त्यसपछि उनी ३३ राष्ट्रिय राईफलमा कमाण्ड सम्हाल्नका लागि गए ।
त्यही समयमा उनले आफ्नो टिमलाई राम्रो कमाण्ड गरेकाले कर्णेल, ब्रिगिडियस्, मेजर, जनरल, लेफ्टीनेन्ट जनरल भई ३ कोर्स कमाण्डर र ५ जि.आर. को पर्णेल अफ रेजीमेन्ट भए । साथै ३ कोर्स कमाण्डर पछि ५ कमाण्डको जि.ओ.सी. र भ्वाइस चिफ अफ आर्मी स्टाफ भएका थिए । उनको वीरताको केही अंश भी.एस.एम, पी.भी.एस.एम, भी.आई.एस.एम, ए.भी.एस.एम रहेका छन् । हामीले जीवनमा जे चाहेका थियौँ त्यो सजिलै पाउन सकिंदैन ।
झन् जे सोच्छौ त्यसको पठक उल्टो भइदिन्छ । त्यस्तै भयो उनको जीवनमा पनि । चिफ आर्मी स्टाफ जनरल दलबीर सिङ सुहागले पनि आफू आर्मी चिफ नै बन्छु भनेर कहिले पनि सोचेका थिएनन् । उनी यो पदसम्म आइपुग्नुमा उनको कठोर मेहनत, परिश्रमको ठूलो हात छ । कसैप्रति भाइचाराको व्यवहार, सबैलाई आफ्नो बनाउन सक्नु उनको विशेषता हो । त्यस्तो व्यक्तिले आफूले गरेका काममा जहिले पनि सफलदता प्राप्त गर्छन् । सादा जीवन उच्च विचार राखेर अगाडि बढ्न सके जोकोही सफल हुन सक्छन् ।
नेपालको सम्बन्धमा कुरा गर्ने हो भने त्यस्ता महान् व्यक्तिहरुमा स्व.विपी कोइराला, गिरिजाप्रसाद कोइराला, पुष्पलाल श्रेष्ठ, गणेशमान सिङ लगायतका पर्दछन् । नेपालीहरुले उनीहरुबाट धेरै कुरा सिक्न सके मात्र पनि नेपालको केही मात्रामा भएपनि विकास हुने थियो । त्यस्तै विदेशीको कुरा गर्ने हो भने नेलशन मण्डेलालाई महान् नेताका रुपमा लिन सकिन्छ । मण्डेलाको त झन् जति नै गुणगान गाए पनि सकिदैन । अझ भन्न सकिन्छ कि उनको गुण त शब्दमा भन्न पनि सकदिैन । आजसम्म पनि सारा संसारले उनको महत्वको गुण गाउंछन् । उनी जस्तो महान् नेता अझ भनौं व्यक्तिले विश्वमा अर्को जन्म लिनु आवश्यक छ । किनकि मण्डेलाले नै संसारमा सबै व्यक्ति एक हुन र उनीहरुको कुनै जात हुदैन भन्ने भावना जागृत गराएका थिए ।     यी त महान् व्यक्तिका केही जानकारी मात्र हुन्, जसबाट हामीले धेरै कुरा सिक्न सक्यौँ भने त्यस्तै राम्रो मान्छे बन्न सकिन्छ । हुनत अझै पनि समाजमा केही राम्रो काम गर्न खोज्ने व्यक्तिलाई रोक्नका लागि आउने व्यक्ति नहुने होइन् । समाजका लापग भलाईको काम गर्दा विभिन्न रोकावट पनि आउने गर्छन् । तर महान् व्यक्ति त्यो हो जसले सबै समस्याहरुको सामना गरेर सफल बन्न सक्छन् । माथि उल्लेखित व्यक्तित्वहरुले पनि काम गर्दा विभिन्न समस्याहरु झेलेका थिए । तर उनीहरुका लागि समस्याभन्दा काम र लक्ष्यप्रति एकीकृत थिए । जसले गर्दा आज उनीहरु संसारमा चर्चित र सम्मानित व्यक्ति छन्, जसबाट धेरैने राम्रा कुराहरु सिकिरहेका छन् । कसैको आदर्श भएर बाच्न पाउनु सबैको भाग्यमा हुदैन, जुन माथि उल्लेखित व्यक्तिहरुले पाएका छन् ।
हुन त हाम्रो समाजमा अझै एउटा भनाई छ, सबै जना डाक्टर भएर बिरामी को हुने त, त्यसैले कोही त बिरामी पनि हुनुपर्छ अनि मात्र डाक्टरले जाच्न सक्छन् । समाजमा सबै राम्रो मान्छे भएर संसार चल्न सक्दैन भन्ने कुरा हामीलाई थाहा भएकै कुरा हो । सबै भगवान् बुद्ध, बन्न नसकेपनि केही कोसिस त गर्न सक्छौं । संसारमा यस्ता व्यक्तिहरु कमै छन्, जुन सर्वगुण सम्पन्न छन् । ती कमै व्यक्तिहरुको जीवनबाट केही मात्रामा भएपनि राम्रो गुण सिक्न सके मात्र पनि हामी समाजमा एउटा सम्मानजनक रुपमा बांच्न सक्छौं । कुरा यक्ति हो हामीले तेरो मेरो भन्ने भावनालाई त्यागेर अगाडि बढ्न सक्नुपर्छ । अन्तत यही आउँदो माघ ८ गतेभन्दा पहिले संविधान जारी होस्, र त्यसमा कसैले पनि अवरोध नपु¥याउन भन्ने चाहना राख्छु ।

                                                                                                                                        खम्बासिंह गुरुङ्ग

Post a Comment

 
Top