0

पोखरा जेसीजको आयोजना तथा राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रिय कार्यालय पोखराको सहजीकरणमा पोखरामा एक दिने मानव अधिकार रक्षक तालिम सम्पन्न भएको छ । कार्यक्रममा आस्था पाठ शालिकराम गिरी र स्वागत मन्तव्य संयोजक अर्पण पौडेलले गरेका थिए भने शुभकामना मन्तव्य पोखरा लेडी जेसिजका अध्यक्ष लक्ष्मी गुरुङ्गद्वारा राखिएको थियो । जेसीजका अध्यक्ष तिलकराम पौडेलको सभापतित्वमा सम्पन्न तालिमको प्रमुख प्रशिक्षक आयोगका क्षेत्रीय प्रमुख डा. तिलकराम पौडेल, प्रशिक्षकद्धय मानव अधिकार अधिकृत ज्योती घिमिरे र पूर्व अध्यक्ष सुवास सिग्देल रहेका थिए । प्रशिक्षार्थीको तर्फबाट दीपेन्द्र पहारी र गीता शिवाकोटीले तालिमको अनुभवको बारेमा बोलेका थिए । पूर्व अध्यक्ष द्धय विष्णुबहादुर थापा र रविन्द्र गुरुङ्गको समुपस्थिति मा सम्पन्न तालिममा पुर्व अध्यक्ष  पशुपति शर्माले आफ्नो भनाइ राखेका थिए । संयोजक यज्ञपुरुष रिजालले धन्यवादज्ञापन गरेको कार्यक्रमको सञ्चालन महासचिव धर्मराज अर्याल र सचिव गणेश गिरीले गरेका थिए ।

Post a Comment

 
Top