0
नेपाली कांग्रेसका प्रचार विभागका केन्द्रिय सदस्य राज बहादुर गुरुङ्गले आगामी संविधानमा आदिवासी जनजातीहरुको भाषा, धर्म र संस्कृतिका कुराहरु लिपिबद्ध गराउनका लागि देशब्यापी दबाब दिन जरुरी रहेको बताएका छन् । कांङग्रेस निकटको नेपाल आदिवासी जनजाती संघ कास्की जिल्ला क्षेत्र नं चारको अधिवेशन उद्घाटनको अवसरमा बोल्दै गुरुङले जातजातिको नाउंँमा राज्य बिभाजन गरे मुलुकमा सोचे भन्दा खतरानाक स्थिति आउन सक्ने  पनि औल्याए । सबै भाषा, धर्म र विविध संस्कृति रहेको मुलुकमा एकल जातीय राज्यमा जांँदा समाज छिन्न भिन्न हुन सक्ने आशंका गर्दै गुरुङले सबै नेपालीको पहिचान भेटिने संघियता बनाउनुपर्ने बताए । अधिवेसनले देउकाजी गुरुङको अध्यक्षतामा १५ सदस्यीय कार्यसमितति चयन गरेको छ । जसको उपाध्यक्षमा दुर्गबहादुर घले, सचिवमा प्रेम गुरुङ, सहसचिवमा अमर बहादुर भूजेल र कोषाध्यक्षमा आईमाया गुरुङ चयन भएका छन् । कार्यक्रम नेपाल आदिबासी जनजाती संघ कास्की क्षेत्र नम्बर ४ का अध्यक्ष रामकाजी तमुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कांग्रेस कास्कीका सचिव युवराज कुँवर, महाधिवेशन प्रतिनिधि, नेता पोषनाथ शर्मा, क्षेत्रीय शभापति आईबहादुर गुरुङ, गौमाया थापा मगर, कमला बराल, नेपाल आदिवासी जनजाती महासंघ कास्कीका अध्यक्ष अशोक भट्टचन, भीम गुरुङ लगायतले बोलेका थिए । अधिवेशनका लागि क्षेत्र नम्बर ४ का २० गाविसबाट करिब एक सय जना क्षेत्रीय अविधेशन प्रतिनिधि तथा पार्टीका जिल्ला नेताहरुको उपस्थिति रहेको थियो ।
एकीकृत नेकपा (माओवादी)का स्थायी समिति सदस्य लोकेन्द्र बिष्टमगरले संविधान निर्माणमा देखिएको विवादतर्फ संकेत गर्दै संघीयता र शासकीय स्वरुपमा पछि नहट्ने बताएका छन्् । जनताको आदेशभन्दा बाहिर आफ्नो पार्टी पछि नहट्ने उनले बताए ्। ‘हामीहरु जनताले जे भन्छन त्यहि गर्छौं, जनताको आदेशभन्दा बाहिर जादैनौं’ क्रान्तिकारी पत्रकार संघ कास्कीले शुक्रबार पोखरामा गरेको पत्रकार सम्मेलनमा भने, ‘जनताले मर तर, पछि नहट भने हट्दैनौं ।’ संघीयता र शासकीय स्वरुपमा नेपाली कांग्रेस र एमालेसंग आत्मसर्मण नगर्ने उनले बताए । उनले कांग्रेस र एमालेले महेन्द्रकालीन खाका ल्याएको बताउँदै संघीयता, धर्मनिरपेक्षता बाट पछि हटेको आरोप पनि लगाए । कांग्रेस र एमालेले विगतका सहमतिहरु तोडेको उनको भनाइ थियो । नेता विष्टमगरले पार्टी अध्यक्ष प्रचण्ड युद्धको तयारी तथा क्रान्तिको लागि रोल्पा नगएर जनतालाइ भेट्नका लागि रोल्पा भ्रमणमा गएको प्रष्टयाए । उनले नेकपा–माओवादी अहिलेको अवस्थामा फुट्न नहुने आफ्नो धारणा व्यक्त गरे । क्रान्तिकारी पत्रकार संघ कास्कीका अध्यक्ष त्रिभुवन पौडेलको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सञ्चालन संघका जिल्ला नेता सन्देश श्रेष्ठले गरेका थिए ।

Post a Comment

 
Top