0
पोखराको रामघाटस्थित टप्स उच्च माविको वार्षिक खेलकुद कार्यव्रmम (स्पोर्ट्स मिट) बिहीबार सम्पन्न भएको छ । पोखरा रङ्गशालामा सम्पन्न भएको खेलकुदमा पूर्व प्राथमिकदेखि १० कक्षासम्मका करिब २५० जना विद्यार्थीले भाग लिएका अतिरिक्त व्रिmयाकलाप विभागका प्रमुख रमेश शर्माले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । अन्तरसदनात्मक रुपमा सञ्चालन गरिएको खेलमा विद्यार्थीहरुले विभिन्न २४ प्रकारका खेलहरुमा आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए । प्रतियोगितामा मस्र्याङ्दी सदन ५५ अङ्कसहित वर्ष च्याम्पियन बनेको छ । यस्तै काली सदन ४७ र सेती सदन ३९ अङ्कसहित व्रmमशः दोस्रो र तेस्रो भएका छन् । विजेताहरुलाई विद्यालयमा एक विशेष कार्यव्रmम आयोजना गरी मेडल, प्रमाणपत्र सहित पुरस्कृत गरिने प्राचार्य रत्नमान गुरुङले जानकारी दिए । विद्यालयले हरेक वर्ष स्पोर्ट्स मिट सञ्चालन गर्दै आएको छ ।

Post a Comment

 
Top