राष्ट्रिय औद्योगिक व्यापार मेला अन्तर्गत आयोजित साँस्कृतिक कार्यक्रम अन्तर्गत भएका सबैजसो प्रतियोगिताहरु अन्तिम चरणमा पुगेका छन् । विद्यालयस्तरीय नृत्यदेखि, एकल नृत्य तथा लोक दोहोरी प्रतियोगिता फाइनलमा पुग्दा गीत संगीतका पारखीहरुले थप मनोरञ्जन प्राप्त गरेको आयोजक पोखरा उद्योग बाणिज्य संघका साँस्कृतिक उपसमिति संयोजक पवन प्रजापतिले जनाए । उनका अनुसार शुक्रबार हुने दर्शकको चापलाई ध्यानमा राखेर अतिथी कलाकारहरुको प्रस्तुति पनि विशेष हुनेछ । यता महासचिव रविन्द्रबहादुर प्रजुका अनुसार विहीबार अर्थात मंसिर ११ गते मेला स्थलबाट १ करोड ३७ लाख बराबरको कारोवार भएको छ भने ३८ हजार भन्दा बढीले मेलाको अवलोकन गरेका छन् । आयोजकको यो दावी अनुसार हालसम्म मेलास्थलबाट १२ करोड ८७ लाखको कारोवार भएको छ भने १ लाख ७३ हजारले मेलाको अवलोकन गरेका छन् । पोखरा लगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य उत्पादन, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा समेत सघाउ पु¥याउने उद्दश्यले मेलाको आयोजना गरिएको मेला अन्तिम चरणतिर पुग्दा मेला आफ्नो उद्देश्यमा सफल भएको संघका अध्यक्ष विन्दुकुमार थापाले दावी गरे । यस पटककको मेलामा शान्ति सुरक्षा तथा अवलोकन कर्ताको आवागमनलाई ध्यानमा राख्दै विशेष ब्यवस्था गरिएकोले अवलोकन कर्ताले सहज महशुस गरेको शान्ति सुरक्षा उपसमितिका संयोजक तथा संघका कार्यसमिति सदस्य सीता गुरुङले जानकारी दिइन् । उनका अनुसार शुक्रबार र शनिबार हुने दर्शकको चापलाई ध्यान दिएर सुरक्षा व्यवस्था चुस्त बनाइएको छ । २६ जना जनपद प्रहरी चौबिसै घण्टा मेला स्थलको सुरक्षामा खटिएका छन् भने दिउसो र रातीको लागि आवश्यकता अनुसार थप सुरक्षाकर्मी खटिँदै आएका छन् । जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी बैदामले पनि मेला स्थलमा नियमित रुपमा गस्ती गर्दै आएको छ । सशस्त्र प्रहरीको टुकडी पनि मेला सुरक्षामा खटिएको ट्राफिक प्रहरीले ट्राफिक ब्यवस्थापन गर्दै आएको छ । सामुदायिक प्रहरीको दश जनाको टोलीले मेलामा चेतनामूलक सामाग्रीसहित पर्चा पम्प्लेट बाढ्ने काममा लागेको संयोजक गुरुङले जनाइन् । सामुदायिक प्रहरीको सेवा चाहिएमा मेलामा रहेको स्टलमा सम्पर्क गर्न सकिने पनि उनले जानकारी दिइन् ।करिब दुई लाखद्वारा व्यापार मेला अवलोकन
राष्ट्रिय औद्योगिक व्यापार मेला अन्तर्गत आयोजित साँस्कृतिक कार्यक्रम अन्तर्गत भएका सबैजसो प्रतियोगिताहरु अन्तिम चरणमा पुगेका छन् । विद्यालयस्तरीय नृत्यदेखि, एकल नृत्य तथा लोक दोहोरी प्रतियोगिता फाइनलमा पुग्दा गीत संगीतका पारखीहरुले थप मनोरञ्जन प्राप्त गरेको आयोजक पोखरा उद्योग बाणिज्य संघका साँस्कृतिक उपसमिति संयोजक पवन प्रजापतिले जनाए । उनका अनुसार शुक्रबार हुने दर्शकको चापलाई ध्यानमा राखेर अतिथी कलाकारहरुको प्रस्तुति पनि विशेष हुनेछ । यता महासचिव रविन्द्रबहादुर प्रजुका अनुसार विहीबार अर्थात मंसिर ११ गते मेला स्थलबाट १ करोड ३७ लाख बराबरको कारोवार भएको छ भने ३८ हजार भन्दा बढीले मेलाको अवलोकन गरेका छन् । आयोजकको यो दावी अनुसार हालसम्म मेलास्थलबाट १२ करोड ८७ लाखको कारोवार भएको छ भने १ लाख ७३ हजारले मेलाको अवलोकन गरेका छन् । पोखरा लगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य उत्पादन, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा समेत सघाउ पु¥याउने उद्दश्यले मेलाको आयोजना गरिएको मेला अन्तिम चरणतिर पुग्दा मेला आफ्नो उद्देश्यमा सफल भएको संघका अध्यक्ष विन्दुकुमार थापाले दावी गरे । यस पटककको मेलामा शान्ति सुरक्षा तथा अवलोकन कर्ताको आवागमनलाई ध्यानमा राख्दै विशेष ब्यवस्था गरिएकोले अवलोकन कर्ताले सहज महशुस गरेको शान्ति सुरक्षा उपसमितिका संयोजक तथा संघका कार्यसमिति सदस्य सीता गुरुङले जानकारी दिइन् । उनका अनुसार शुक्रबार र शनिबार हुने दर्शकको चापलाई ध्यान दिएर सुरक्षा व्यवस्था चुस्त बनाइएको छ । २६ जना जनपद प्रहरी चौबिसै घण्टा मेला स्थलको सुरक्षामा खटिएका छन् भने दिउसो र रातीको लागि आवश्यकता अनुसार थप सुरक्षाकर्मी खटिँदै आएका छन् । जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी बैदामले पनि मेला स्थलमा नियमित रुपमा गस्ती गर्दै आएको छ । सशस्त्र प्रहरीको टुकडी पनि मेला सुरक्षामा खटिएको ट्राफिक प्रहरीले ट्राफिक ब्यवस्थापन गर्दै आएको छ । सामुदायिक प्रहरीको दश जनाको टोलीले मेलामा चेतनामूलक सामाग्रीसहित पर्चा पम्प्लेट बाढ्ने काममा लागेको संयोजक गुरुङले जनाइन् । सामुदायिक प्रहरीको सेवा चाहिएमा मेलामा रहेको स्टलमा सम्पर्क गर्न सकिने पनि उनले जानकारी दिइन् ।
Post a Comment