
कार्यक्रममा कोषाध्यक्ष सर्मिला गुरुङ, सचिव निर्मल खत्री, जिल्ला सहसचिव रञ्जना सेन पौडेल, युवा नेता धमेन्द्र थापा, परमेश्वर बस्ताकोटी, निर्मल केसीले बोलेका थिए । त्यसैगरि मोतीमान शाक्य, पूजा शाह, रामबहादुर तामाङले पनि आफ्नो भनाई राखेका थिए । यसैगरी रामघाटमा आयोजित कार्यक्रममा इश्वरी वैरागी, दुर्गा अधिकारी, घनश्याम गौतमले बोलेका थिए ।
कार्यक्रममा ‘हाम्रो धर्म, हाम्रो राज्य प्राण भन्दा प्यारो छ’, ‘जातीयता चाहिँदैन, देश विखण्डन गर्न पाइँदैन’, ‘हिन्दु राज्य तत्काल घोषणा गर’ जस्ता नारा घन्काइएका थिए । दोहोरी गीत कलाकार बुद्धिमान गुरुङ धम्पुले दिनभर गीत तथा भजन किर्तन गाएका थिए । हिन्दु धर्मालम्बीहरुले हिन्दु राज्यको पक्षमा भजन किर्तन गाउँदा रौनकता छाएको थियो । हरिबोधनी एकादशी मान्न आएका धर्मालम्बीले धर्म जोगाउन कुनै कसुर बाँकी नराख्ने बताएका थिए ।
Post a Comment