0

नेपाली काँङग्रेसका प्रवक्ता दिलेन्द्र बडुले नयाँ संविधान माघ आठमै जारी  हुने दावी गरेका छन् । नेपाली कांग्रेस कास्कीले शनिवार पोखरामा आयोजना गरेको चियापान तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता बडुले तोकिएकै समयसीमाभित्र संविधान जारी हुने ठोकुवा गरेका हुन् । दलहरुबिच सहमतिको प्रयास भईरहेको जानकारी दिदै उनले सहमती नभए प्रक्रियामा गएर पनि विवादित विषयको टुङगो लाग्ने बताए । “सकेसम्म सहमतीमै सबै विवावित विषयबारे छिनोफानो हुन्छ नभए प्रक्रियामा गएर पनि संविधान जारी गर्ने वातावरण बनाउंछौ ।”–उनले भने , “प्रक्रियामा गएर छलफल हुने विषयलाई पनि सहमतीमै टुङग्याउछौ ।” खासगरी अहिले चार मुद्धामा टुङगो लगाउन महत्वपूर्ण रहेको बडुको भनाई थियो । संघियता, शासकिय स्वरुप, निर्वाचन प्रणाली र न्यायप्रणालीको विषयलाई टुङगोमा पु¥याउन बाँकी रहेको उनले बताए । “एकिकृत नेकपा माओवादीसहितका अन्य दलहरु जातीय आधारमा संघियतामा जानुपर्ने अडानमा छन् । तर जातीय पहिचानकै आधारमा जान काँङग्रेस सक्दैन”, बडुले प्रष्ट पार्दै भने । जातीय राज्यमा जाने हो भने कांग्रेसले प्रस्ताव गरेको छ या सात प्रदेश मान्न पनि एकीकृत माओवादी तयोर रहेको उनले जानकारी दिए । तोकिएकै समयसीमाभित्र संविधान जारी हुने ठोकुवाप्रवक्ता बडुले पोखरामा अन्र्तराष्ट्रिय विमानस्थल निर्माणका लागी काँङग्रेस गम्भी रहेको पनि जानकारी दिए । कस्केलीको सपना र चाहनाका रुपमा रहेको पोखरा विमानस्थल निर्माण प्रक्रिया छिटो सुरु गराउनका लागी कांङग्रेस केन्द्रिय समिती प्रथिवद्ध रहेको उल्लेख गर्दै उनले विमानस्थल बन्दैन कि भन्ने आशंङका नगर्न आग्रह पनि गरे ।
कार्यक्रममा नेपाली कांङग्रेस कास्कीका शभापति तथा सभासद यज्ञबहादुर थापाले विमानस्थल निर्माणका लागी कांङग्रेस कास्कीले नेतृत्वलाई दवाव दिन कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरे । दशै, तिहार, छठ, बकर ईद, ल्होसार लगायतका चाडपर्वको अवसरमा आयोजित चियापान कार्यक्रममा कास्कीका विभिन्न राजनितीक दलका नेताहरु, सरकारी निकायका प्रमुखहरु, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधी, सञ्चारकर्मी लगायत सयौंको सङ्ख्यामा रहेका कांग्रेस कार्यकर्ताको उपस्थिति रहेको थियो । कार्यक्रमको संञ्चालन कास्की कांङग्रेस सचिव युवराज कुँवरले गरेका थिए ।

Post a Comment

 
Top