0
बर्ष दिनमा आउने तिहारलाई काहुँखोला जागरण समूहले विशेष रुपमा मनाएको छ । तीन दिनको तिहारमा ८ जनाको समूहले जम्मा ९ घण्टा देउसी भैलो खेली १० हजार जम्मा गरे । उनीहरुले प्रहरी प्रशासनको समय सीमाको मर्यादा मात्र राखेनन मीठा–मीठा नेपाली गीत गाएर टोलबासीलाई मुग्ध पनि पारे । तिहारको भोलिपल्टै आइतबार उनीहरु पोखरा वृद्धाश्रम पुगे । खर्च कटाउँदा बाँकी रहेको ५ हजार बृद्धाश्रमलाई मद्दत गरे । समाज सेवा गर्ने रहर छ भर्खरै पश्चिमाञ्चल गोल्डेन आइडलमा प्रथम भएका रोहनजंग कार्कीले भने देउसी भैलीको सहायताबाट बृद्धाहरुलाई सम्मान गरेको र अरु गर्ने इच्छा छ उनले भने । १० कक्षा पढ्दै गरेको सवै साथी मिली रचनात्मक कार्य गर्न पाएकोमा समुहका सदस्य आकाश रानाभाट, सुजन थापा, योगेश, सुजन, महेश, सुरेश, नवराज, आकाश र रोहन पनि रमाएका छन ।
आफ्ना युवा छोराहरु सानै उमेरदेखि सहयोगी भएको देख्न पाउँदा खुशी लागेको रोहनका माता सम्झना कार्कीले वताउँछिन् । सानो उमेरका युवाहरुको यस्तो सहयोगी भावना देखेर उदाहरणीय कार्यलाई पोखरा वृद्धाश्रमका व्यवस्थापक राज शर्माले धन्यवाद दिए ।

Post a Comment

 
Top