0
नेपाल प्रेस युनियनको हालै पोखरामा सम्पन्न आठौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित कार्यसमितिको पहिलो बैठक आउँदो कात्तिक १५ गते बस्ने भएको छ ।
महाधिवेशन भएको झन्डै दुई महिनापछि पश्चिमाञ्चलको नवलपरासीमा आगामी कात्तिक १५ गते बैठक बस्ने तय भएको युनियनका महासचिव अजयबाबु सिवाकोटीद्वारा मंगलबार जारी विज्ञप्तिमा जनाइएको छ । नेपालका प्रजातन्त्रवादी पत्रकारहरुको छाता संस्थाका रुपमा रहेको युनियनको पहिलो बैठकले आफ्नो तीनवर्षे कार्यकालको रुपरेखा र भावी योजनाबारे विभिन्न निर्णय गर्ने बताइएको छ । युनियन अन्तर्राष्ट्रिय पत्रकार महासङ्घको नेपालबाट सदस्यता पाउने पहिलो संस्था हो र यो श्रम कार्यालयमा दर्ता भई श्रमजीवी पत्रकारको हकहितमा समर्पित छ ।

Post a Comment

 
Top