0

जिल्लाको कुस्मा नगरपालिका पकुवामा भदौमा गएको पहिरोमा परी ज्यान गुमाएका तथा घरगोठ पुरिएको परिवारलाई जिल्ला प्रशासन कार्यालय  र जिल्ला विकास समिति पर्वतका तर्फबाट सोमबार यहाँ राहत वितरण गरिएको छ । जिप्रका र जिविसका तर्फबाट मृतक जमुना पौडेलको परिवार र घरगोठ पुरिएका हरिलाल चापागाईंको परिवारलाई राहत वितरण गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ज्ञवालीले मृतकका श्रीमान् कमल पौडेललाई  जिविसका तर्फबाट रु एक लाख राहत वितरण गरे । पीडित परिवारलाई चाडपर्व खर्चबापत रु तीन हजारसमेत हस्तान्तरण गरिएको थियो । केन्द्रीय दैवी प्रकोप उद्धार समितिले थप राहतका रूपमा एक लाख रुपैयाँ उपलब्ध गराएपछि जिप्रकामार्फत वितरण गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ज्ञवालीले बताए ।
यसअघि पनि मृतकको परिवारलाई रु एक लाख २० हजार र  चापागाईंको परिवारलाई रु २० हजार राहत वितरण गरिएको थियो । यसैगरी जिविसका तर्फबाट मृतक जमुना र घरबारविहीन भएका चापागाईंको परिवारलाई प्रतिपरिवार रु १५ हजारका दरमा राहत वितरण गरिएको छ । जिल्ला विकास समिति सञ्चालनका लागि बनेको राजनीतिक संयन्त्रको निर्णयअनुसार सो राहत वितरण गरिएको हो ।

Post a Comment

 
Top