0
जिल्ला प्रहरी कार्यालय कास्की तथा सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीको संयुक्त आयोजनामा सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा केन्द्रहरुको काम कर्तब्य अधिकार र भूमिका बारेमा एक दिवसीय प्रशिक्षण कार्यक्रम मंगलवार सम्पन्न भयो ।
सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष बिष्णुबहादुर भट्टराईको सभापतित्वमा प्रमुख अतिथि अञ्चल प्रहरी कार्यालय गण्डकीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बलराम शर्मा पौडेलले उदघाटन गरेकोे कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक बसन्त कुमार लामा, संस्थापक अध्यक्ष मंगल बहादुर नेपाली रहेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रहरी बरिष्ठ उपरीक्षक बलराम शर्मा पौडेलले कास्की जिल्लामा क्रियाशील सामुदायिक सेवा केन्द्रहरुको काम अत्यन्तै सकारात्मक र उल्लेखनीय रहेको पाईएको र यसप्रकारका प्रशिक्षण कार्यक्रमबाट केन्द्रहरुको कार्यशैलीहरुमा थप नयाँ उर्जा प्राप्त हुने बताए । उनले सामुदायिक प्रहरीका नागरिक प्रहरी बीचको सम्बन्ध प्रगाढ हुनुका साथै समाजभित्रका अपराधजन्य क्रियाकलाप, बिकृति पिसंगति न्युनिकरण हुन गई सुन्दर र शान्त समाजको निर्माण गर्न सफल हुने बताए ।
कास्की जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक बसन्त कुमार लामाले कार्यक्रममा बोल्दै कास्की जिल्लामा रहेका क्रियाशील सामुदायिक सेवा केन्द्रहरु नेपाल अधिराज्यमा उत्कृष्ट रहेको र निःस्वार्थ स्वयंमसेवकको रुपमा सामाजिक कार्यमा काममा अझै क्रियाशील हुन आग्रह गर्दै कास्की प्रहरी काँधमा काँध र हातमा हात मिलाएर जिल्लाको शान्ति सुरक्षामा अघि बढ्दै जाने प्रतिवद्धता जनाए ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक केदार रजौरेले सामुदायिक प्रहरी सेवा निर्देशिका–२०६९,सामुदायिक प्रहरी सेवाको अवधारणा–२०६९, सामुदायिक प्रहरी सेवा सम्बन्धी प्रस्तावित बिधान–२०६९ र प्रचलित सामुदायिक प्रहरी सेवा केन्द्रका काम कार्बाहीका बारेमा श्रब्यदृष्य मार्फत प्रशिक्षण प्रदान गरेका थिए । कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष तथा सल्लाहकार सीता गुरुङले सामुदायिक सेवा केन्द्र र सामदुयिक सेवा संग आबद्ध कार्य समितिको काम, कर्तब्य र चुनौतीका बिषयमा प्रशिक्षण दिएकी थिइन । प्रशिक्षण कार्यक्रममा जिल्ला समन्वय समिति कास्की,सामुदायिक प्रहरी सेवा केन्द्रहरु, पृथ्वीचोक, बैदाम, बगर, माटेपानी, लेखनाथ र कालिकासंग आबद्ध कार्य समितिका पदाधिकारीहरु,सल्लाहकारहरु तथा कार्यरत प्रहरी कर्मचारीहरु गरी ९३ जनाको उपस्थिति रहेको कार्यक्रम महासचिव चक्रपाणि सुबेदीले सञ्चालन गरेका थिए ।

Post a Comment

 
Top