 तिहारको अवसर पारेर  विग एफएमले रेडियो गेम शो ‘तिहारको खेल मज्जाको खेल’ खेलाउने भएको छ । तिहारलाई स्रोताहरुसंगै मनाउने र स्रोताहरुलाई मनोरञ्जनसँगै पैसा समेत जिताउने उद्देश्यले एफएमले कार्यक्रम गर्न लागेको हो । रेडियो गेम शो कात्तिक ५ गते कुकुर तिहारदेखि ७ गते गोबद्र्धन पूजासम्म चल्नेछ । पोखरा थर्ड आई रिसर्च सेन्टर प्रालिले यो पटकको ‘तिहारको खेल मज्जाको खेल’लाई मुख्य प्रायोजन गरेको छ । एफएमले दिएको जानकारी अनुसार खेल खेलेर स्रोताहरुले २५ हजार रुपैँयासम्म जित्न सक्नेछन् ।
तिहारको अवसर पारेर  विग एफएमले रेडियो गेम शो ‘तिहारको खेल मज्जाको खेल’ खेलाउने भएको छ । तिहारलाई स्रोताहरुसंगै मनाउने र स्रोताहरुलाई मनोरञ्जनसँगै पैसा समेत जिताउने उद्देश्यले एफएमले कार्यक्रम गर्न लागेको हो । रेडियो गेम शो कात्तिक ५ गते कुकुर तिहारदेखि ७ गते गोबद्र्धन पूजासम्म चल्नेछ । पोखरा थर्ड आई रिसर्च सेन्टर प्रालिले यो पटकको ‘तिहारको खेल मज्जाको खेल’लाई मुख्य प्रायोजन गरेको छ । एफएमले दिएको जानकारी अनुसार खेल खेलेर स्रोताहरुले २५ हजार रुपैँयासम्म जित्न सक्नेछन् । ‘तिहारमा जुवा खेलेर पैसा र समय बर्बाद गर्ने प्रचलन छ, जहाँ धेरैजनाले हार व्यहोर्छन् ।’ एफएमका कार्यक्रम संयोजक संजोग बस्यालले भने–‘तर हामीले खेलाईने खेलमा स्रोताहरुलाई जित मात्रै हासिल हुनेछ, त्यसका लागि उहाँहरुले एसएमएस गरे पुग्छ ।’ एसएमएस गरि आफूलाई दर्ता गर्नका लागि स्रोताहरुले आफ्नो मोबाईलको मेसेज बक्समा गई द्यक्ष्न् टाईप गरेर एक स्पेस दिई ँः लेखि ४३२१ मा पठाउनुपर्नेछ । एफएमले एसएमएसहरुमध्ये लक्की ड्र गरि स्रोताहरुलाई फोन गरेर ‘तिहारको खेल मज्जाको खेल’ खेलाउनेछ । १५ वटा लक्की नम्बर मध्ये स्रोताले रोजेको अन्तिम लक्की नम्बरले २५ हजार रुपैँया सम्म जिताउन सक्ने एफएमले जनाएको छ ।
 
 
Post a Comment