
उत्तर अमेरिकामा बस्ने नेपालीहरुको सबै भन्दा जेष्ठ संस्था अमेरिका नेपाल सोसाइटी डिसीको अध्यक्षमा जीवन तिवारी निर्विरोध निर्वाचित भएका छन् । नेपालका लागि अमेरिकी पूर्व राजदूत एल्स्वर्थ बंकर प्रथम मानार्थ सभापति रहेको उक्त संस्था बंकर भियतनाम युद्धमा व्यस्त भएको समयमा १९६७ मा वासिंगटन डिसीमा नेपाली समुदायको लागि स्थापना गरि दिएका हुन् । निर्विरोध निर्वाचित भएका तिवारी नेपालको कास्की जिल्ला लेखनाथ घर भै हाल एक दशकदेखि अमेरिकाको मनासस सहरमा बसोबास गर्दै आएका छन् । उनी नेपाली कांग्रेस कास्कीका नेता नन्दप्रसाद तिवारीका छोरा समेत हुन् । लेखनाथमा रहँदा उनी उपभोक्ता मञ्च लेखनाथको अध्यक्ष समेत रहेर काम गरेका थिए । पोखराको माछापुच्छ«े एफएममा कार्यरत रहेका बेला उनी अमेरिका गर्एका थिए । अमेरिका नेपाल समाजको बिभिन्न पदमा काम गरि प्रथम उपाध्यक्षबाट आफ्नो उम्मेदवारी दिएका हुन् । सात सदस्यीय समितिमा एक महिलाको प्रतिनिधित्व सहित सबै पदका उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका छन् । निर्विरोध निर्वाचित भएका तिवारीले विद्यार्थीहरुलाई समुदाय मार्फत निःशुल्क नेपाली भाषा सिकाउने, हाजिरीजवाफ प्रतियोगिता, छात्रवृद्धि, खेलकुद, संविधानको लेखन समयमा हुनु पर्ने जस्ता महत्वपूर्ण कुराहरुमा आवाज उठाउनुको साथै नेपालको पर्यटन क्षेत्रको विकासका लागि काम गर्ने भनि सार्वजनिक रुपमा प्रतिबद्धता जाहेर गरेका थिए । अक्टोबर १९ तारिखका दिन निर्वाचनको मिति राखिएको भएता पनि निर्विरोध निर्वाचित भएकोले सोहि दिन हस्तान्तरण कार्यक्रम हुने भएको छ । २०१४÷२०१६ सम्मको उक्त समितिमा जीवन तिवारी अध्यक्ष, चन्द्र बराल, प्रथम उपाध्यक्ष, थल बहादुर चन्द द्वितीय उपाध्यक्ष, प्रेम प्रसाद पौडेल महासचिव, रामभक्त अधिकारी सचिव, एशोधा भण्डारी कोषाध्यक्ष तथा पत्रकार सुजित अर्याल संचार संयोजकमा निर्बिरोध निर्वाचित भएका छन् ।
Post a Comment