0
अखण्ड नेपाल पार्टीले पार्टी विस्तार तथा गण्डकी धौलागिरि अञ्चलस्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण सम्पन्न गरेको छ । २ दिनसम्म चलेको सो प्रशिक्षणको समापन पश्चात भएको अञ्चल स्तरीय भेलाले गणेशबहादुर केसीको अध्यक्षतामा अखण्ड नेपाल पार्टी गण्डकी धौलागिरि समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा टेकन गिरी र सावित्री बराल, सचिवमा रामबहादुर केसी, कोषाध्यक्षमा दानबहादुर बस्नेतलाई चयन गरिएको छ भने सदस्यहरुमा ठाकुर प्रसाद बराल, पूर्णजंग भण्डारी, गोकुल अधिकारी, प्रेमबहादुर श्रेष्ठ, रामजी सुवेदी, मीनबहादुर अधिकारी, सरस्वती हमाल, शम्भु अधिकारी, शिव कुँवर, बुद्ध कुँवर, विष्णुप्रसाद गुरुङ रहेको गण्डकी अञ्चल समिति गठन गरेको छ ।
पार्टीले अञ्चल विस्तारकै क्रममा सन्तु खड्काको अध्यक्षतामा रुद्र महत, चन्द्र प्रकाश बानियाँ, रामबहाुदर भण्डारी, ध्रुव रेग्मी रहेको धौलागिरि समिति ठन गरेको छ । कार्यक्रमको उद्घाटन गर्दै पार्टीका केन्द्रीय अध्यक्ष सभासद कुमार खडकाले नेपालको २१ औ राष्ट्रिय राजनीतिक दलको हैशियतले देशलाई साझा र अखण्डताको लागि आफूले संवैधानिक राजनीतिक संवाद तथा सहमति समितमा फरक मत प्रस्तुत गरेको बताए ।
नेपाललाई सम्पूर्ण धर्मको सम्मान गर्दै ८१ प्रतिशत हिन्दूको कदरस्वरुप सनातन हिन्दु धर्मसापेक्ष राष्ट्रको मागसहित जातीय, धार्मिकको नाममा हुने संघीय संरचना तथा नियुक्ती विरोध लगायत गैरआवासीय नेपालीलाई अधिकार सहितको नागरिकता दिनुपर्ने माग राखेको विचार राखे ।
केन्द्रीय सदस्य पदमबहादुर कार्कीको सभापतित्वमा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष चतुराखर अधिकारी, महासचिव केशबहादुर केसी, केन्द्रीय उपाध्यक्ष पुष्पा केसी भण्डारी, केन्द्रीय सदस्य उदयबहादुर बस्नेत, केन्द्रीय सदस्य तथा प्रशिक्षक रामेश्वर थापा, लक्ष्मी अधिकारी लगायतले पार्टीलाई बलियो बनाउन जनताको सुखदुःखको साथी बन्नुपर्ने बताए । पार्टीले विजयादशमी, शुभ दीपावली र छठको अवसरमा चियापन तथा शुभकामना कार्यक्रम आयोजना गरेको कोषाध्यक्ष शंकर केसीले बताए । संगठन विस्तारका लागि पार्टीले रचनात्मकरुपमा गाउँदेखि सहर हुँदै केन्द्रसम्मको कार्यक्रम गरिन लागिएको महासचिव केशबहादुर केसीले बताए । सो कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, उद्योगी, व्यवसायी र कार्यकर्ताको बाक्लो उपस्थिति रहेको केन्द्रीय सदस्य दिलबहादुर अधिकारीले जानकारी दिए ।

Post a Comment

 
Top