0
कास्कीको निर्मलपोखरी गाविसमा एमाओवादी गाउँ कमिटि बैठकसम्पन्न भएको छ । बुधबार सम्पन्न बैठकमा बोल्दै प्रमुख अतिथि किरण थापा ‘अमोद’ले पार्टीको बैचारिक तथा सांगठनिक समस्या समाधान गर्दै नयाँ संविधानद्वारा जनयुद्ध र जनआन्दोलनको उपलब्धिलाई संस्थागत गुर्नपर्नेमा जोड दिए । साथै उनले बहुमतको आडमा परिवर्तनको एजेण्डा कमजोर पार्न खोजे संघर्षको माध्यमबाट अगाडि बढ्नुपर्ने औल्याए । एमाओवादी कास्कीमा केहि नोकरशाही समस्या रहेपनि समास्या समाधान गरि पार्टी एकताबद्ध भएर अगाडि बढ्ने उनले बताए । बैठकमा बोल्दै जिल्ला कमिटि सल्लाहकार निर्मलबहादुर अधिकारीले पार्टीमा विवाद हुनु सामान्य भएपनि त्यसको समाधान हुनुपर्ने बताए । गाउँ कमिटि अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा सम्पन्न बैठकमा बोल्दै अध्यक्ष पौडेलले गाउँ पार्टीले निर्मलपोखरीमा खेल्नुपर्ने सामाजिक राजनीतिक भूमिंकाबारे प्रकाश पारे । सचिव मुक्ति पोखरेलले बैठक सञ्चालन गरेका थिए ।

Post a Comment

 
Top