0

शिक्षण एक दृष्टिकोणको जिम्मेवारी” शिक्षा र विकाशमा जोड भन्ने मुख्य विषयमा केन्द्रित रहेर पोखरामा एक हप्ते अन्तर्राष्ट्रिय शिक्षण शीप विकाश कार्यशाला शुरु भएको छ । पोखरा १ सिमपानी स्थित करुणानिधी विद्याश्रम उ.मा.वि. को आतिथ्यता राष्ट्रिय शीप विकाश फाउन्डेशन (एनफोस्र्ड) कास्कीको आयोजना तथा केपिजे विश्वविद्यालय, थिओला फाउन्डेशन नेदरल्याण्डको प्राविधिक सहयोगमा सञ्चालित उक्त तालिमको प्याब्सन कास्कीका अध्यक्ष चिनु रानाभाटले एक भव्य कार्यक्रमको बीचमा उद्घाटन गर्दै तालिम उपलब्धि मूलक अन्तरक्रियात्मक तथा उत्कृष्ट होस भन्ने शुभकामना दिए । तालिमका मुख्य वक्ता तथा प्रशिक्षकद्वय थिओ हल्शोफ र हिडगो भान डेन इन्डेले सहजीकरण गर्ने उक्त तालिममा अतिथिको तर्फबाट क्याउडबेस फाउन्डेशन कि जर्मन÷अमेरिकन पाइलट बेल्ला म्यासेन्जरले आफूहरुले आकाशमा उड्ने चराहरुको अनुगमनबाट धेरै कुरा सिके जस्तै तालिमबाट धेरै भन्दा धेरै कुरा सिक्न शुभकामना दिइन भने जिनजिन हाइस्कूल, पर्थ, अष्ट्रेलियाका हेडमास्टर ब्यारी ब्रुमफिल्डले विभिन्न पृष्ठभूमि संस्कृति, उमेर समूह र फरक शिकाईबाट सिक्ने बच्चाहरुलाई विविधिकरण मार्फत उनीहरुमा भएको सिकाई प्रतिको तृष्णालाई उचित रुपले सम्बोधन गर्नु शिक्षकको दायित्व रहेको वताउँदै आफ्नो परम्परागत प्रणालीलाई चुनौति दिने हिम्मत गर्नुपर्ने औल्याए । संस्थाका सचिव तथा तालिम संयोजक प्रेम बहादुर कुँवरले तालिम कार्यक्रमको बारेमा प्रकाश पार्दै तालिम तीन दिनसम्म कार्यशालाको रुपमा र बाँकी ४ दिन विद्यालय भ्रमण तथा कक्षा अनुगमन हुने बताए ।
तालिमका मुख्य वक्ता थिओ हल्शोफले उद्घाटन शत्रमा हलमा खचाखत शिक्षक शिक्षिकाहरुको उत्साहपूर्ण सहभागिताले आफूले प्रेरित गरेको बताउँदै दुवै संस्थाको तीन बर्ष देखिको सफल सहकार्यले मात्र यो सफल भएकोमा हर्ष व्यक्त गरे । करुणानिधि विद्याश्रमका प्राचार्य तथा संस्थाका सदस्य श्री डिल्लीराम अर्यालले स्वागत मन्तव्य तथा सोही विद्यालयका प्रवन्ध निर्देशक लोकराज भण्डारी र प्रशिक्षक निकोल लाम्बिक्सले पनि बोलेका थिए । संस्थाका अध्यक्ष एवं बालप्रभात बोडिङ्ग स्कूलका प्राचार्य शालिकराम अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका वरिष्ठ सदस्य युवराज त्रिपाठीले तालिममा विभिन्न ५ वटा सामुदायिक र चार संस्थागत विद्यालयका १८० जना सहभागी रहेको बताए ।

Post a Comment

 
Top