0

पोखराको लेकसाइडस्थित हल्लनचोकमा आफ्नो सेवा शुरु गरेको नेप्टलिया रेष्टुरेण्टले पहिलो बर्ष पूरा गरेको छ । एक बर्ष अघि सञ्चालनमा आएको रेष्टुरेन्टले पहिलो बार्षिकोत्सवमा रेष्टुरेण्टको तर्फबाट नयाँ तथा पुराना आन्तरिक र बाह्य पर्यटक एबं ग्राहकहरुमा हार्दिक आभार समेत प्रकट गरेको छ ।
आफ्नो सेवा शुरु गरेसंगै आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि पारिवारीक वाताबरणमा ब्रेकफाष्ट एवं पिज्जा, पास्ता लगायतको ईटालियन परिकारको साथमा कन्टिनेन्टल र चाइनिज खानाहरु पस्कदै आएको नेप्टलियाले छोटो समयमै पर्यटकहरुका बीचमा ख्याति कमाउन सफल भएको छ । रेष्टुरेण्टले आफ्नो प्रथम वार्षिकोत्सवको अवसरमा खानाको परिकार लगायत आफ्नो सेवामा छुटको योजना समेत ल्याएको छ । रेष्टुरेन्टमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि उत्कृष्ट सेवाको साथमा खानाको परिकारहरुमा पन्ध्र प्रतिशत छुटको योजना ल्याएको उक्त रेष्टुरेन्टका सञ्चालक दिपेन्द्र शाहीले जानकारी दिएका छन् । सञ्चालक शाहीका अनुसार यो योजना कार्तिकको दश देखि बीस गतेसम्म लागु हुनेछ ।
रेष्टुरेण्टका सञ्चालक तथा युवा पर्यटन व्यवसायी दिपेन्द्र शाहीले बेलायतको लण्डनस्थित एक रेष्टुरेण्टमा इटालियन तथा कन्टिनेन्टल खाना सम्बन्धि लामो अनुभव बटुलेर स्वदेश फर्केपछि स्वदेशी तथा विदेशी पर्यटकहरुलाई पारिवारीक वातावरणमा सेवा प्रदान गर्ने उद्देश्यले उक्त रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् । “पोखराको पर्यटन क्षेत्र र यहाँको बिकासमा केही योगदान गर्ने उद्देश्यले यस रेष्टुरेण्टलाई एक बर्षअघि सञ्चालनमा ल्याएका हौं”–नेप्टलियाका अर्का सञ्चालक सन्तोष शाही बताउँछन् । “पोखरा बिश्वकै एउटा प्रमुख पर्यटकीय क्षेत्र भएकोले पनि आफ्नो सेवामा विशेष छुट दिएर यहाँ आउने आन्तरिक र बाह्य पर्यटकहरुको बीचमा नेप्टलियालाई थप पर्यटनमैत्री रेष्टुरेण्टको रुपमा स्थापित गराउने हाम्रो उद्देश्य हो”–शाहीले प्रष्ट पारे। रेष्टुरेण्ट सञ्चालनको शुरुवातसंगै रेष्टुरेन्टमा फ्रि–वाइफाई सेवा उपलब्ध छ ।

Post a Comment

 
Top