
नेपाल विजयी
नेपाली महिला नेत्रहीन क्रिकेट टोली ट्वेन्टी ट्वेन्टी मैत्रीपूर्ण क्रिकेट खेलमा इङ्ल्यान्डलाई पराजित गर्दै विजयी भएको छ । पुल्चोकस्थित इन्जिनियरिङ त्रिकेट मैदानमा भएको सो प्रतियोगितामा नेपालले इङ्ल्यान्डको महिला नेत्रहीन टोलीलाई ९३ रनले पराजित गरेको हो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाली टोलीले निर्धारित ओभरमा १७४ रनको विशाल योगफल खडा ग¥यो । एक सय ७५ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको इङ्ल्यान्ड निर्धारित ओभरमा आठ विकेट गुमाउँदै ८० रनमा समेटियो । नेपाली टोलीको जितमा मनकेशरी चौधरीले सर्वाधिक ७७ रनको योगदान दिइन् भने ओममायाले २४ रन जोडिन् । इङल्यान्डलाई सस्तैमा समेट्ने क्रममा नेपालकी भगवती भट्टराई र सुनिता घिमिरेले समान दुई दुई विकेट तथा मुना अर्याल र सरिता घिमिरेले समान एक एक विकेट लिएका थिए । इङ्ल्यान्डका लागि भने जडीले १६ तथा सराहले १४ रन बनाएका थिए । नेपाल नेत्रहीन क्रिकेट सङ्घको आयोजना र युवा तथा खेलकुद मन्त्रालयको सहकार्यमा भएको उक्त प्रतियोगितामा प्लेएर अफ द म्याच घोषित भएकी नेपालकी मनकेशरी चौधरीले रु दुई हजारसहित ट्रफी प्राप्त गरिन् ।
Post a Comment