0
गनिज बुक अफ दी वल्र्ड रेकर्डसमा ८ महिना आफनो नाम चम्माउन सफल भएका खगेन्द्र थापा मगर २३ बर्षमा प्रबेश गरेका छन । खगेन्द्र २२ बर्ष पुरा गरी असोज २८ गतेदेखि २३ बर्षमा प्रबेस गरेको उनको परिवारले जनाएको छ । बाग्लुङ धुल्लुवासकोट आमा धनमाया थापा मगर र बाबु रुपबहादुर थापा मगरका जेष्ठ सुपुत्र खगेन्द्रले आफ्नो जन्म दिन समेत पोखरामा मंगलबार मनाएका छन । पोखरा सृजनाचोकमा डेरामा बास्दै आएको खगेन्द्र परिवारले केक काटेर मंगलबार जन्मदिन मनाईएको खगेन्द्र थापा मगर प्रतिष्ठानका अध्यक्ष मिनबहादुर रानाले बताए । खगेन्द्रले एक पटक वल्र्ड रेकडर्स राखेर विश्व सामु नेपालको पहिचान गराएपछि पनि खगन्द्रलाई विदेशमा अझै पनि उत्तिकै सम्मान दिने गरेको अध्यक्ष रानाले बताए । नेपाल सरकारले उनको परिवारको लागि खासै केहि गर्न नसकेको प्रतिष्ठानले जनाएको छ । विश्वको होचो मान्छेको रुपमा हाल दाङका ७४ बर्षीया चन्द्रबहादुर ढाँगी रहेका छन ।

Post a Comment

 
Top