0
पोखरा उद्योग वाणिज्य संघले महासचिव रविन्द्रबहादुर प्रजुको संयोजकत्वमा ‘हेल्प डेक्स’ स्थापना गरेको छ । नवनिर्वाचित समितिले नयाँ कामको सुरुवात गर्नेक्रममा हेल्प डेक्स स्थापना गरिएको संघका अध्यक्ष विन्दुकुमार थापाले जानकारी दिए । ‘व्यवसायी साथीहरुको जुनसुकै समस्या पनि डेक्समा संकलन गर्नेछौं,’ थापाले भने, ‘समस्या समाधानका लागि तत्काल पहल गर्ने हाम्रो सोच हो ।’ बुधबारदेखि नै हेल्प डेक्सबाट काम सुरु भएको उनले बताए ।संघको मंगलबार बसेको पूर्ण बैठकले डेक्स स्थापना गर्ने निर्णयसमेत गरिसकेको छ । हेल्प डेक्सले व्यवसायिक समस्या संकलन गरी समस्या समाधानका लागि पहल गर्न महत्वपूर्ण भूमिका खेल्ने संघका प्रथम उपाध्यक्ष देव क्षेत्रीले बताए । संघलाई प्रबिधिमैत्री बनाउने अभियानमा नयाँ नेतृत्व अग्रसर भएको संघका अध्यक्ष थापाले बताए । ‘अब हामी संघलाई प्रविधिमैत्री बनाउँदै अगाडि बढ्नेछौं, थापाले भने, ‘सर्बप्रथम हामीले अफिसियल वेवसाइडलाई व्यवस्थित गर्ने निर्णय गरेका छौं ।’
संघले वेवसाइड व्यवस्थित गर्नका लागि तीन सदस्यीय समितिसमेत गठन गरिसकेको छ । प्रकाशदेव पालिखे, दिलिप श्रेष्ठ र ईश्वर कर्माचार्य सदस्य रहको वेवसाइड अपग्रेड उपसमितिले जतिसक्दो चाँडो वेवसाइडलाई व्यवस्थित गर्ने भएको छ । आगामी दिनमा संघका हरेक गतिविधिलाई वेवसाइडमार्फत सार्वजनिक गरिने संघका कोषाध्यक्ष तथा वेवसाइड अपग्रेड उपसमिति सदस्य दिलीप श्रेष्ठले बताए । ‘सूचना प्रविधिको क्षेत्रमा संघलाई अगाडि बढाउन आवश्यक छ,’ श्रेष्ठले भने, ‘अब संघलाई पूर्ण प्रविधिमैत्री बनाउँछौं ।’ संघका दैनिक गतिविधि र बस्तुगत संघ–संस्थाका गतिविधिसमेत वेवसाइडमा राखिने उनले बताए । ‘यो हाम्रो पहिलो कदम हो,’ श्रेष्ठले भने, आगामी दिनमा नयाँनयाँ काम गर्दै अगाडि बढ्नेछौं ।’

Post a Comment

 
Top