0
नेपाल भेजिटेरियन सोसाइटी पोखराको प्रथम साधारण सभाले ऋषिराम सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
उपाध्यक्षमा सुशिल कुमार गोशेली, महासचिवमा महेश पराजुली, सचिवमा आनन्द दाहाल, कोषाध्यक्षमा लोक बहादुर थापा चयन भएका छन् । त्यसैगरि सदस्यहरुमा रामप्रसाद लामिछाने, लक्ष्मीनन्द ढकाल, अरुण भट्टचन, मिन बहादुर गुरुङ, प्रभा बराल, रामप्रसाद तिमिल्सिना रहेका छन् । सोसाइटीका आजिवन सदस्य रामचन्द्र पौडेलको संयोजकत्वमा गठित निर्वाचन समितिले उक्त निर्वाचन गरेको हो । साधारणसभाको उद्घाटन ताओ दर्शनका गुरु लिग ताओले गरेका थिए । सो अवसरमा उनँले सोसाइटीको वेभसाइट शुभारम्भ, ब्रुसर लोकार्पण र १२ वर्षमुनिका साकाहारी बालबालिका लाई सम्मान गरे । सभामा महासचिवको प्रतिवेदन महेश पराजुली र कोषाध्यक्षको प्रतिवेदन कोषाध्यक्ष लोक बहादुर थापाले प्रस्तुत गरेका थिए । कार्यक्रममा मिन बहादुर गुरुङ, स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रिय अध्यक्ष कृष्ण बास्तोला, ताओ गुरु दिपक पराजुली, सदस्य लक्ष्मीनन्द ढकाल लगायतले साकाहारी खानाको महत्वबारे प्रकाश पारेका थिए । सो अवसरमा प्रमु अतिथी तोआ र्दशनका गुरु लिग स्वतन्त्र पत्रकार संघ नेपालका अध्यक्ष बास्तोलालाई सम्मान गरिएको थियो । सोसाइटीका अध्यक्ष ऋषि सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव महेश भण्डारीले गरेका थिए ।

Post a Comment

 
Top