0
त्रिवेणी संगीतालय पोखराले विजयादशमी र शुभदिपावली पर्वको अवसर पारेर शुभकामना सांगीतिक साँझ २०७१ को आयोजना गर्ने भएको छ । कार्यक्रम भव्यताका साथ सम्पन्न गर्न प्रेम साकारको संयोजकत्वमा ५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । कार्यक्रममा काठमाडौंबाट चर्चित चलचित्र गायक प्रल्हाद तिमिल्सिना, शास्त्रीय सितारवादिका शुसिला अमात्यका साथै पोखरेली चर्चित गायक नरजङ्ग गुरुङ, रामजी पौडेल र ओम गुरुङका साथै हास्य कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजकले बताएको छ । कार्यक्रम सम्पन्न गर्न दुई लाख २५ हजार खर्च लाग्ने र एक लाख बचत गर्ने लक्ष्य आयोजकले राखेको छ। बचत रकमको ५० प्रतिशत बाढीपीडित र ५० प्रतिशत कलाकार राहत कोषमा राखिने भएको छ । यही असोज ११ गते पोखरा उद्योग वाणिज्य र्सघको सभाहलमा हुने उक्त कार्यक्रमा एक सय र दुई सय दरको टिकट राखिएको छ ।
स्मरण रहोस् त्रिवेणी संगीतालयक पोखराले विगत वर्षहरुमा आयोजना गरेको सांगीतिका साँझबाट बचेको रकम दुई लाख बराबरको कलाकार राहत कोष स्थापना गरी कलाकारहरुलाई उपचारमा सहयोग र छात्रवृत्ति वितरण गर्ने काम गरिसकेको छ ।

Post a Comment

 
Top