0

महिला सशक्तिकरण नेपाल पोखरा र नेदरल्याण्डको वुमन विन संस्थाको सहयोगम शुरु भएको गोेल कार्यक्रमको प्रशिक्षण समापन भएको छ । खेलबाट विकास भन्ने उद्देश्यका साथ १२ वर्ष देखि २० वर्ष उमेर समूहका किशोरीहरुलाई लक्षित गरी ल्याइएको कार्यक्रममा  किशोरावस्थामा देखापर्ने विभिन्न शारीरिक र मानसिक अवस्था र त्यसले निम्त्याउन सक्ने समस्या न्यूनिकरणको उपायलाई गोलमा समावेश गरीएको छ । खेलको माध्यमबाट जीवन जीउने शैलिमा परिवर्तन ल्याउन विभिन्न स्कुल, गर्ल पावर नेटवर्क, प्लान नेपाल, नेफेज, महिला सशक्तिकरणका गरी २० जना किशोरीहरुका लागि कोचको प्रशिक्षण दिइएको थियो । ४ दिन सम्म चलेको सो प्रशिक्षणमा हल्याण्डकी मेग र इण्डियाका पल्लवी, किरण, रजनी र हर्षिता प्रशिक्षण दिएका थिए । १९९३ मा गोल इण्डिया नाज फाउण्डेशन र स्टाण्डर्ड चार्टर बैंक ले पाठ्यक्रमनै तयार गरेर गोल कार्यक्रमलाई ल्याएका थिए । यस कार्यक्रम अन्तर्गत आफैलाई चिन, स्वास्थ रहौ, सशक्त बन, पैसा चिन गरेर ४ वटा विषयलाई समावेश गरीएको छ । कार्यक्रम विश्वका १८ देशहरुमा संचालनमा रहेको छ । विशेषतः महिला र किशोरावस्थामा आइपर्ने शारीरिरक, मानसिक, सामाजिक, आर्थिक पक्षहरुलाई कसरी सामाना गर्ने र सशक्त बन्ने भन्ने बारे यस खेल मार्फत सिकाइन्छ । मानसिक र शारीरि तन्दुरुस्ती सँगै नेतृत्व प्रदान गर्ने उद्देश्य रहेको कार्यक्रममा महिला हिंसा, महिला अधिकार किशोरावस्थाका विविध पक्षका बारेमा प्रश्न सोध्ने गरिन्छ ।
अहिले सम्म ४ वटा स्कुलका २०० जनाभन्दा बढि किशोरीहरु लाई गोल कार्यक्रम मार्फत प्रशिक्षण दिइसकिएको र उनीहरुको जीवनशैलीमा धेरै परिवर्तन आएको यस कार्यक्रमका डाइरेक्टर लक्की कार्कीले बताइन् । प्रशिक्षणले आफ्नो जीवनशैलीका बारेमा धेरै बुझ्न र सचेत हुन पाएको भन्दै अब समाजमा यसलाई विस्तारगर्दै लैजाने सहभागि किशोरी इशु पाठकले बताइन् ।

Post a Comment

 
Top