0
टोल सुधार समिति रामबजार १०, १५ पोखराको आयोजनामा पोखरा उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारीलाई श्रीकृष्ण मन्दिर रामबजारको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरी स्वागत, सम्मान तथा बधाई कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा टोल सुधार समिति रामबजार १०, १५ पोखराले पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष विन्दु कुमार थापा लगायत सम्पूर्ण सदस्यहरुलाई ढाकाको खादा, टिका र फुलगुच्छाले स्वागत, सम्मान गरिएको थियो । उक्त अवसरमा रामबजार तायाःमचाः नाच समिति, श्रीकृष्ण मन्दिर आमा समूह तथा संचालक समिति, रामबजार युथ क्लव, टोल विकास महिला वडा समन्वय समिति, हिमाल आमा समूह, अमरसिंहचोक टोल विकास संस्था, राममन्दिर संचालक समिति, जनप्रियटोल आमा समूह, रामबजार ट्याक्सी इकाई समिति, रामघाट आमा समूह, भानुमार्ग टोल विकास संस्था, कामनाटोल विकास संस्था, दुचीटोल विकास संस्था लगायतले सम्मान गरेका थिए । सम्मान कार्यक्रममा नवनिर्वाचित अध्यक्ष विन्दुकुमार थापाले पोखरा उद्योग बाणिज्य संघको ३० औं अधिवेशनको समयमा जे जस्ता कार्य भएता पनि त्यसलाई बिर्सदै पोखराका सम्पूर्ण उद्योगी व्यवसायीहरुको हितका लागि काम गर्ने बताउँदै सदस्यहरुलाई धन्यवाद दिए । रामबजारको विकास र व्यवसायीहरुको उत्थानमा राम्रा काम गर्न आवश्यक सुझाव आएमा पोउबासंघ सधैं सहकार्य गरी व्यवसायीहरुको हकहितका लागि अघि बढ्ने भन्दै रामबजार क्षेत्रमा जागरुक भएमा सडक सोलार बत्ती जडान गर्ने कार्यमा पहिलो प्राथमिकतामा राखी सम्बन्धित निकायमा कार्यक्रम अगाडि बढाउन तयार रहेको बताए । उक्त अवरमा सुनचाँदी व्यासयी संघ कास्कीका अध्यक्ष चन्द्रकिशोर गौतम, टोल विकास संस्था महिला वडा समन्वय समिति वडा नं. १० का अध्यक्ष एवम् महिला उद्यमी पवित्रा गुरुङ्ग, श्रीकृष्ण मन्दिर संचालक समितिका का.अध्यक्ष ज्ञानबहादुर थापा, रामबजार युथ क्लवका अध्यक्ष तिलबहादुर गुरुङ्ग, नवनिर्वाचित सदस्य इश्वर कर्माचाई, सीता गुरुङ्ग लगायतले आ–आफ्नो विचार राखेका थिए । टोल सुधार समिति रामबजार १०, १५ का अध्यक्ष सम्मरबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत द्वितीय उपाध्यक्ष निरज थापाले गरेका थिए भने कार्यक्रमको संचालन सचिव नारायण श्रेष्ठले गरेका थिए ।

Post a Comment

 
Top