0


नेकपा एमाले निकट पत्रकार हरुको छाता संस्था नेपाल प्रेस चौतारी कास्कीले स्थापना गरेको ‘प्रेस चौतारी पत्रकारिता पुरस्कार–२०६९ अग्रज पत्रकार बद्रीबिनोद खनाल प्रतीकलाई प्रदान गरिएको छ । प्रेस चौतारी कास्कीले शनिबार पोखरामा एक कार्यक्रमको आयोजना गरि उक्त पुरस्कार प्रतिकलाई हस्तान्तरण गरिएको हो । नेपालको प्रेस स्वतन्त्रताको आन्दोलन, मानव अधिकारको लागि भएका प्रजातान्त्रिक, लोकतान्त्रिक आन्दोलनमा पत्रकारिताको माध्यमबाट पु¥याएको योगदान र प्रेस चौतारीको संस्थागत विकासमा योगदान पु¥याउने व्यक्तिलाई पुरस्कार प्रदान गरिने मान्यता अनुरुप अग्रज पत्रकार प्रतिकलाई सो पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशि रु. ११ हजार १ सय ११, दोसल्ला र सम्मानपत्र रहेको छ । प्रतीकलाई सो पुरस्कार नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व गृहमन्त्री भिम रावल एवं प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष राजेन्द्र अर्यालले संयुक्तरुपमा हस्तान्तरण गरेका थिए । प्रतिकलाई सम्मान गर्न नेकपा एमालेको केन्द्रीय अध्यक्ष केपी शर्मा वली आउने भनिएको भएपनि अन्तिम ओली आएनन् । कार्यक्रममा बोल्दै कार्यक्रमका प्राुख अचिति समेत रहेका उपाध्यक्ष रावलले संविधान निमार्णमा  पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने भन्दै संविधान निर्माणका साथै समग्र विषय कलम चलाउँदा गम्भीर हुनुपर्नेमा जोड दिए ।
विगत चार दशकदेखि पत्रकारितामा क्रियासिल प्रतिकले पोखराको आव्हान साप्ताहिक र काठमाडौैको मातृभूमि साप्ताहिक पत्रिकाबाट पत्रकारिता सुरु गरेका थिए । सगरमाथा दैनिक, जनआस्था साप्ताहिक, एभरेष्ट हेराल्ड अंग्रेजी दैनिक पत्रिका, पोखरा हटलाइन दैनिक लगायतमा काम गरेका प्रतिक हाल हिमदुत दैनिकमा हिमदूत दैनिकमा आवद्ध छन् । अहिले पोखरा—१२ हस्पिटलचोकमा बस्दै आएका प्रतिक दयाशंकर स्मृति पत्रकारिता पुरष्कार, पोखरा पत्रकारिता पुरष्कार, गोविन्द वियोगि स्मृति पत्रकारिता पुरष्कार काठमाडौं लगायतका पुरष्कारहरु बाट सम्मानित भइसकेका छन् । कास्कीको थुम्की गाविस वडा नम्बर ३ मा जन्मेका प्रतिक नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपसभापति, पत्रकार महासंघ कास्कीको निर्वतमान अध्यक्ष र प्रेस चौतारी कास्कीका संस्थापक सदस्य हुन् । प्रेस चौतारी पत्रकारिता पुरष्कारबाट यसअघि अग्रज पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी माधव शर्मा, प्रेस चौतारी कास्कीका संस्थापक अध्यक्ष पुण्य पौडेल, प्रेस चौतारीका पुर्व केन्द्रीय उपाध्यक्ष नवराज सुवेदी, प्रेस चौतारीका पुर्व अध्यक्षहरु रुद्रबहादुर थापा र हरि बाँस्तोला सम्मानित भइसकेका थिए ।  कार्यक्रममा बोल्दै सम्मानित पत्रकार प्रतीकले पुरस्कार प्राप्त गरिसकेपछि आफूलाई रिर्पोटिङ्गको क्षेत्रमा अझै बढी काम गर्ने हौसला बढेको बताए । पत्रकारिता क्षेत्र के लिने र के दिने भन्दा पनि कलमको सहायताले समाज रुपान्तरण गर्ने माध्यम रहेको उनको भनाई थियो । कार्यक्रममा बोल्दै नेकपा एमालेका केन्द्रीय सदस्य तथा सभासद रविन्द्र अधिकारीले पत्रकारिता क्षेत्र चुनौती र गौरवपूर्ण भएको बताए । कार्यक्रममा प्रेस चौतारी नेपालका अध्यक्ष राजेन्द्र अर्याल, प्रेस चौतारी नेपालकी उपाध्यक्ष शान्ति गुरुङ्ग, प्र्रतिभा छनोट समितिका संयोजक नवराज सुवेदी, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाल्री, प्रेस चौतारी कास्कीका अध्यक्ष श्याम कुवँर, उपाध्यक्ष सन्तोष अधिकारी, सचिव माधव बराल लगायतले आ–आफ्नो भनाई राखेका थिए ।
यसैबीच नेकपा एमालेका उपाध्यक्ष भिम रावलले यहि भदौ ३१ गते हुने राष्ट्रिय राजनीतिक सभाको विरोध गर्दै संविधान सभाको विकल्प कुनै सम्मेलन वा वार्ता नहुने बताएका छन् । नेकपा एमालेको सम्पन्न नवौं राष्ट्रिय महाधिवेशनको सन्दर्भमा एमाले जिल्ला कमिटी कास्कीको आयोजनामा शनिबार पोखरामा भएको सन्देश प्रवाह सभामा बोल्दै उनले जनताबाट निर्वाचित सार्वभौमसत्ता सम्पन्न संविधानसभाको विकल्प कुनै सम्मेलन वा वार्ता नहुने बताए । देशले दिगो शान्ति चाहेकोले उच्चस्तरीय राजनीतिक सम्मेलन बाट कुरा मिल्छ भने भाद्र ३१ गते छलफल गरांै भनेर सर्वदलीय राजनीतिक सम्मेलन गर्न लागेको उनले स्पष्ट पारे । माघ ८ गतेभित्र संविधान आउनेमा आशावादी रहेको, कार्यतालिका नफेरौंँ भन्नेमा सहमति भएको भन्दै नेता रावलले सक्रमणको चौबाटोमा देश भएकोले नयाँ संविधान दिएर गन्तव्यमा पु¥याउनु पर्नेमा जोड दिए । नेपाल र नेपाली जनतालाई अनिर्णयको बन्दि बनाउने अधिकार कसैलाई नभएकोले मोहन वैद्य नेतृत्वको नेकपा माओवादी लगायतका संविधानसभा बाहिर रहेका दल तथा एकीकृत नेकपा माओवादी लगायतका सविधानसभामा प्रतिनिधित्व गर्ने दललाई सहमतिबाट संविधान निर्माणको प्रक्रियामा आउन नेता आचार्यले आग्रह गरे । सबै राजनीतिक दल एकताबद्ध भएर अगाडि नबढे देशमा संवृद्धि नहुने भन्दै सबै राजनीतिक दल आफ्ना चुनावी प्रतिबद्धतापत्र र घोषणापत्रको अनुसार संविधान निर्माणमा दृण हुनुपर्ने उनको जोड थियो ।   मन्त्रिमण्डल पुनःगठन, सुकुम्बासी आयोगको गठन, मनोनित सभासद लगायतमा व्यवहारिक प्रश्न उठेपनि पदाधिकारी बैठक तथा केन्द्र्रिय एवंम स्थायी कमिटीमा छलफल गर्नुपर्ने  धारणा उनले राखे । एमाले कास्की अध्यक्ष कृष्ण थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एमाले केन्द्री्रय सदस्य एवंम सभासद रविन्द्र अधिकारी, सभासद सीता गिरी वली, पूर्वमन्त्रि हरिप्रसाद पाण्डे लगायतले आफ्नो भनाई राखेका थिए ।

Post a Comment

 
Top