0
नेपाल विसंघ कास्कीको गत भदौ २६ गते उद्घाटन भएतापनि अझै बन्दसत्र शुरु हुन सकेको छैन । नेपाली कांग्रेस कास्कीले आफ्नो अनुकुलको जिल्ला समिति नआउने देखेर अनेक बहानामा नेविसंघ कास्कीमा कृत्रिम विवाद सृजना गरी अधिवेशन अन्योलमा पारेको विद्यार्थीहरुले आरोप लगाउन थालेका छन् । नेविसंघको केन्द्रिय महाधिवेशन भदौ २९ गतेदेखि काठमाडौंमा शरु हुने भन्दै कास्कीको अधिवेशनको भदौ २६ गते उद्घाटन सत्र सम्पन्न भएको हो । उद्घाटन पश्चात मातु पार्टी कांग्रेस कास्कीले गैर विद्यार्थीलाई टीका लगाउन प्रयास गरेकोमा त्यसलाई आफूहरुले विफल पारेको विद्यार्थीहरुको दावी छ । आफूलाई आधिकारीक दावी गर्दै आएका नेविसंघ कास्कीका सभापति कल्याणबाबु भण्डारीले आफ्नो पद भन्दा संगठन ठुलो भएको भन्दै संस्थाको प्रगतीलाई गति दिन आफू पद त्याग गरी अधिवेशनको लागी नेविसंघ केन्द्र र मातृपार्टी नेपाली कांग्रेसलाई पटक–पटक दवाव दिएपछि अधिवेशनको वातावरण बनेको दावी गर्छन् । नेविसंघका केन्द्रिय अध्यक्ष रंञ्जित कर्णले नै अध्यक्ष तोकेका भण्डारीलाई नेविसंघ तथा नेपाली कांग्रेस कास्कीले पनि पटक पटक विवाद सृजना हुँदा उनीनै आधिकारीक अध्यक्ष भएको घोषणा समेत पटक पटक गरेको भण्डारीको भनाईबाट बुझिन्छ । यसैगरी कास्कीबाट नेविसंघका केन्द्रिय सदस्य बनेका गोविन्द बहादुर लामिछाने भने अधिवेशनबाट आफ्नो चालिस प्रतिसत हिस्सा प्रतिनिध्त्वको माग गर्दै अधिवेशनमा सरिक भए । सधै संगठनभित्रका क्रान्तिकारी र समानान्तर समिति रुचाउने विद्यार्थी नेता भनेर आरोपित देवकृष्ण पराजुली पनि यतिवेला आधिकारीक सभापति बन्ने दाउमा देखिन्छन् । पछिल्लो समय उनी आफूलाई कांग्रेस बरिष्ठ नेता देउवा पक्षधर भन्न रुचाउँछन् । तर मतदान पक्रियाबाट जाँदा पराजुली विजयी बन्न नसकक्ने देउवा निकट विद्यार्थीहरुलेनै बताउँदै आएका  छन् । अर्का विद्यार्थी नेता लक्ष्मीप्रसाद पौडेल पनि आरोपहरुको चंगोलबाट बाहिर निस्कन सकेका छैनन् । यतिबेला कास्की नेविसंको सभापति पदको आश गरिरहेका पौडेललाई पनि संस्थापन पक्ष भित्रकै बिद्रोहीका रुपमा बिद्यार्थीहरुले आरोप लगाउँदै आएका छन् । नेविसंघ कास्कीका अर्का प्रभावशाली नेता मदनराज पौडेल चुनावी वातावरण सृजना भएमा आफू पक्का विजयी हुने आश सहित कम्मर कसेर लागी परेका छन् । प्राय क्यापस इकाई र क्षेत्रीय समितिमा पडक रहेको मानिएका मदन पार्टी पंक्ति मिलाउन भने कमजोर देखिएको स्रोतको भनाई छ । नेविसंघ कास्कीको अधिवेशनको माहोल बन्दै गर्दा धेरै नेताहरुका आ–आफ्नै सभापतिका उम्मेदवार रहेको रहेका छन् । नेविसंघ कास्कीका पूर्व सभापतिहरु सुदिपमोहन भट्टराई निकट मदनराज पौडेल र दिनेश पौडेल, पूर्व सभापति कुलप्रसाद गुरुङ्ग निकट दिनेश आचार्य, गुरु बराल निकट सन्तोष पौडेल, पुरुषोत्तम पराजुली निकट लक्ष्मी पौडेल, रामजी बादल निकट देवकृष्ण पराजुली, नारायणहरी तिवारी निकट बिमलबाबु न्यौपाने, दिवशमान प्रधानाङ्ग निकट अशेषबाबु भण्डारी लगायत मैदानमा देखिएका छन् । तथापी पूर्व सभापति लगायत पार्टी पंक्ती मिलाउन सके मदनराज पौडेल विजयी हुने कतिपयले बताउँदै आएका छन् । यसरी तीव्र विवाद पश्चात समाधान सुल्झाउन भनि बनेका हालका नेवीसंघ कास्की अधिवेशन संयोजक सुवास कोईरालाले अधिवेशनको उद्घाटन गरेको भएपनि एक साता वितिसक्दा पनि बन्दसत्र शुरु हुन सकेको छैन । आफूलाई लोकतन्त्रको हिमायती ठान्ने कांग्रेस भित्रको यस्तो प्रवृत्तीलाई अलोकतान्त्रिक अभ्यासको एउटा स्वरुपका रुपमा विपक्षी विद्यार्थी संगठनहरुले नेविसंघको टिप्पणी गर्ने गरेका छन् ।

Post a Comment

 
Top