0
पोखरामा जारी टेनिस प्रतियोगिताको उपाधिको लागि सशस्त्र प्रहरीका एसएसपी दुर्गा कुवंर बिरुद्ध अनिल शाहीको शनिबार फाईनल खेल हुने भएको छ । खेलकुद प्रेमी शान्त श्रेष्ठको आयोजनामा पोखराको प्रस्र्याङ टेनिस कोर्टमा जारी उक्त प्रतियोगिता अन्र्तगत सुक्रबार भएको सेमिफाईन खेलमा एसएसपी कुवंरले राजन पौडेललाई ६–३, ६–२ को सेटमा पराजित गरी फाईनलमा यात्रा बनाएका हुन । त्यसै गरी अनिल साहीले नविन मगरलाई १–६, ६–४ र १०–५ को सेटमा पराजित गरी फाइनलमा यात्रा तय गरेका हुन । फाईनल खेल शनिबार विहान ८ बजे हुने भएको आयोजक शान्त श्रेष्ठले बताए । नेपालीहरुको महान पर्व विजया दशमी पर्वको अवसरमा दशैंसंगै खेलकुद भन्ने अभियानका साथ उक्त प्रतियोगिता आयोजना गरेको श्रेष्ठले जनाए ।
प्रतियोगिता अन्र्तगत महिला एकलमा पृती बरालले उपाधि जितेकी छन । सुक्रबार भएको फाईनल खेलमा बरालले सरीता नेपालीलाई ९–० कोसेटले पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पार्न सफल भईन । जुनियर डवलमा सुर्य साही र विरेन्द्र गहतराजको जोडिले वसन्त प्रधान र शान्त श्रेष्ठको जोडीलाई ७–६, ६–४ को सेटमा पन्छाउदै उपाधि रक्षा गर्न सफल भए । जुनियरतर्फको एकल प्रतिष्पर्धामा अनिल श्रेष्ठले चन्द्र लामालाई ६–४, ६–० को सेटमा पराजित गरी उपाधि आफ्नो पोल्टामा पार्न सफल भए । गत भदौ १ गतेदेखि सुरु भएको प्रतियोगितामा सिनियर तथा जुनीयरतर्फका खेलाडीहरुको उत्साहजनक रुपमा सहभागिता रहेको कास्की जिल्ला टेनिस संघका अध्यक्ष विनोद कायस्थले जनाए । 

Post a Comment

 
Top