0
जिल्ला प्रहरी कार्यालय कास्की तथा लागूऔषध नियन्त्रणको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाको सहभागितामा बुधबारबाट पोखरामा ‘लागू औषध नियन्त्रण सम्बन्धि १५ दिने विशेष अभियान’ को सुरु भएको छ । कार्यक्रमको सुरुवातमा विपीचोकदेखि निकालिएको ¥याली सभागृहचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । ¥यालीमा सशस्त्रबल बाहिनीका बाहिनीपति, अञ्चल प्रहरी कार्यालय गण्डकीका प्रमुख, राष्टिूय अनुसन्धान विभागका क्षेत्रीय प्रमुख, विभिन्न संघसंस्था, निजी तथा सरकारी विद्यालयका विद्यार्थी तथा शिक्षक, व्यवसायी, आमासमूह, सामुदायिक सेवा केन्द्रका पदाधिकारी लगायतको सहभागीता रहेको थियो । ¥यालीको उद्घाटन गर्दै पश्चिम क्षेत्रीय प्रशासक दिनेश कुमार थपलियाले लागू औषध नियन्त्रण कार्य सरकारी निकायको एकल प्रयासले मात्र सम्भव नहुने बताए । नियन्त्रणको लागि सबै सर्वसाधारणलाई पनि उनले आग्रह गरे । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक बसन्त कुमार लामाले १५ दिने उक्त अभियान र उद्देश्य बारेमा प्रकाश पार्दै स्वागत मन्तव्य व्यक्त गर्दै ¥यालीमा सहभागीलाई धन्यवाद ज्ञापन गरेका छन् । १५ दिने अभियान अन्तर्गत कार्यक्रममा लागूऔषध दुव्र्यसनीलाई परामर्श, घरदैलो कार्यक्रम, पर्चा तथा पम्पेल्ट वितरण, तालिम प्राप्त कुकुर सहित चेकजाँच, स्कुल सम्पर्क कार्यक्रम, टोल(टोलमा जनचेतना मूलक ¥याली, विभिन्न अन्तरक्रिया कार्यक्रम लगायतका कार्यक्रमहरु पनि गरिने आयोजकले जनाएको छ ।

Post a Comment

 
Top