0
कास्की धम्पुस–५, ढाँडामा कारीतास अष्टे«लिया, कारितास बङगलादेश, कारीतास नेपाल र स्थानीय तारबाजी आइपीएम् कृषक पाठशाला तथा सृजनशील कृषि विकास समूहका सदस्यहरु बीच सोमबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । कार्यक्रमका बीच आइपीएम प्रविधिबाट लगाइएका तरकारी खेती, धान बाली तथा टनेलाको  निरीक्षण गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि कारितास अष्टे«लियाकी संयोजक एलीनोर त्रिचराले संस्थाको उद्देश्य, सिद्घान्त र योजनाका बारेमा प्रकाश पारेका थिए । स्थानीय परिकारका भोजन तथा जलपान गराएर स्वागत गरिएको सो कार्यक्रममा सृजनशील कृषक समूहले पाहुनालाई माला र खादा लगाइदिएको थियो । लक्ष्मी अधिकारीको समुहले सांस्कृतिक गीत तथा नृत्य प्रस्तुत गरेका थिए । समितिका सदस्य अमृत कुमार भण्डारीले समुहको बार्षिक प्रतिबेदन एवं आय व्यय विवरण प्रस्तुत गरेका थिए । कारितासले थप सिचाईका लागि उक्त गाँउमा घरघरमा घैटो सिचाई र ट्याङकी निर्माण गर्न थप सहयोग दिने बताएको छ । आइपीएम् कृषक पाठशालाका अध्यक्ष बलराम भण्डारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा सचिब गोबिन्दराज भण्डारीले स्वागत एवं सदस्य अमृतकुमार भण्डारीले अग्रेजी भाषामा कार्यक्रम संचालन गरेका थिए । विगत दुई बर्ष अघिदेखि कारितास अष्टे«लियाको सहयोगमा सो गाँउमा बिभिन्न कृषि कार्यक्रमहरु संचालन हँुदै आइरहेका छन् ।

Post a Comment

 
Top