0

कास्कीमा रहेका निजी तथा आवासीय विद्यालयका शिक्षकहरु बीच एक आपसमा आत्मीयता र मित्रता कायम गर्ने उद्देश्यका साथ दोस्रो ज्ञानुबाबा कप २०७१ पोखरामा हुने भएको छ ।
पोखराको मिरुवा स्थित ज्ञानुबाबा आवासीय उच्च माविको आयोजनामा आगामी असोज ४ गतेबाट पृथ्वीनारायण क्याम्पसको खेलमैदानमा प्रतियोगिता हुने प्राचार्य दिनेश अर्यालले जानकारी दिए । नेपालीहरुको महान पर्व विजयादशमीको अवसरमा आयोजित प्रतियोगिताको लागि विद्यालयहरुलाई सहभागिताका लागि पत्रचार गरिएको अतिरिक्त क्रियाकलाप प्रमुख बाबुराम सुवेदीले बताए ।
गत वर्ष भएको आयोजना गरिएको प्रतियोगितामा ३२ वटा समुहको सहभागिता रहेको थियो । असोज २ गते सम्म दर्ताको लागि समय तोकिएको छ भने खेल विहान ९ बजेदेखि ४ बजे सम्म खेलाइने विद्यालयले जनाएको छ ।

Post a Comment

 
Top