0

नेपाल हवाइ खेलकूद संस्था अन्तर्गत कास्की सराङ्कोटको आकाशमा उड्ने सोलो पाइलटहरूको २४ जनाको एक समूहले प्राथमिक उपचार तालिम शुरु गरेको छ । सोलो पाइलटहरूको आयोजना तथा नेपालरेडक्रस सोसाइटी कास्कीको प्राविधिक सहयोगमा उक्त तालिम शुरु गरिएको छ । प्याराग्लाइडिङ्ग क्षेत्रमा हुने दुर्घटनाको प्राथमिक व्यवस्थापन गर्न सहज होस भन्ने उद्देश्यले उक्त तालिम शुरु गरिएको हो । नेपालरेडक्रस सोसाइटिका कोषाध्यक्ष धर्मराज अधिकारीले उद्घाटन गरेको सो कार्यक्रमा प्राथमिक उपचार कार्यक्रम संयोजक सूर्यप्रसाद ढकालले प्राथमिक उपचारको महत्वबारे प्रकाश पारेका थिए । नेपालरेडक्रसका ४ जना प्रशिक्षकहरू शुक्रराज शर्मा, खेमराज सापकोटा, सुमेरु त्रिपाठी, प्रतिभा सापकोटारहुन भएको छ । सैद्धान्तिक तथा प्रयोगात्मक तरिकाबाट सञ्चालन हुने उक्त कार्यक्रम तीन दिनसम्म सञ्चालन हुने पाइलट माधव तिवारीले जानकारी दिए ।

Post a Comment

 
Top