0
नेपाल प्रेस युनियन कास्कीले पोखरा सम्पन्न आठौ महाधिवेशन बाट नवनिर्वाचित अध्यक्ष सहित कास्कीबाट निर्वाचित पदाधिकारी एवं सदस्यलाई पोखरामा बिहीबार स्वागत तथा सम्मान गरेको छ । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष बद्रि सिग्देल सहित कास्कीबाट निर्वाचित उपाध्यक्ष रमेश पौडेल, केन्द्रीय सदस्य ऋषि पौडेल र गण्डकी अञ्चल संयोजक टंक अधिकारीलाई स्वागत तथा सम्मान गरिएको प्रचार संयोजक नवीन सिग्देलले जानकारी दिए । उनीहरुलाई महाधिवेशन मूल आयोजक समितिका संयोजक  गङ्गाधर पराजुली, नेपाल पत्रकार महासङ्घ कास्कीका सल्लाहाकार राजबहादुर गुरुङ र नेपाल प्रेस युनियन कास्कीका सभापति शिरोमणि बरालले माला लगाइदिएर स्वागत तथा सम्मान गरेका थिए । कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष बद्रि सिग्देलले लोकतान्त्रिक आन्दोलनलाई आत्मसाथ गर्दै श्रमजिवी पत्रकारको हित र व्यवसायीक पत्रकारिताको विकासमा लाग्ने बताए । पत्रकारहरुको आर्थिक अवस्था कमजोर रहेको अवस्थामा पत्रकारलाई जोगाईराख्न आवश्यक भएकोभन्दै उनले भने–पत्रकारको जीवनस्तर उकाँस्नका लागि पनि सक्दो प्रयास गर्ने छु । उनले प्रेस युनियनभित्र कुनै गुट÷उपगुट हावी हुन नदिने बताउँदै नेपाल पत्रकार महासङ्घको आउँदो महाधिवेशनमा युनियन पक्षधरलाई विजयी गराउने गरी काम गर्ने अठोट व्यक्त गरे । अध्यक्ष सिग्देलले आफ्नो जित लोकतन्त्रवादी सवै पत्रकारको जित भएकोभन्दै सवैलाई समेटेर अघि बढ्ने प्रतिवद्वता व्यक्त गरे । महाधिवेशन मूल आयोजक समितिका संयोजक एवं निवर्तमान उपाध्यक्ष गङ्गाधर पराजुलीले पत्रकार र पार्टी नेताहरुसँग समन्वय गरी सवैलाई समेट्दै अघि बढ्न सुझाव दिए । नवनिर्वाचित उपाध्यक्ष रमेश पौडेलले जितलाई उन्मादका रुपमा नभई जिम्मेवारीका रुपमा लिने बताए । नेपाली काङ्ग्रेस प्रचार विभागका सदस्य एवं महाधिवेशन सङ्घसंस्था समन्वय समितिका संयोजक राजबहादुर गुरुङले महाधिवेशनका क्रममा भएका तीता÷मिठा कुरालाई विर्सेर युनियनलाई संगठित बनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा नवनिर्वाचित केन्द्रीय सदस्य ऋषि पौडेल र गण्डकी अञ्चल संयोजक टङ्क अधिकारीले बोलेका थिए । नेपाल प्रेस युनियन कास्कीका सभापति शिरोमणि बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष माधव रेग्मीले स्वागत, सचिव प्रकाशचन्द्र सापकोटाले धन्यवाद ज्ञापन र सहसचिव लोकेन्द्र ढकालले कार्यक्रम संचालन गरेका थिए ।    

Post a Comment

 
Top