0
भाषा पढ्न पाँचजना पोखरेली विद्यार्थी चीनतिर लागेका छन् । चीन गएका विद्यार्थीहरुले १ वर्ष चिनिया भाषा पढ्नेछन् । पोखरा उपमहानगरपालिकाको भगिनी सम्बन्ध रहेको चीनको कुन्मिन नगरले उनीहरुलाई  निशुल्क रुपले पढ्ने  र बस्ने चाँजोपाँजो मिलाएको हो । भाषा पढ्न जाने विद्यार्थीहरुमा  सुशिल रेग्मी, विश्वास पालिखे, दीनेश गौतम, सुमन थापा र  सुशिल लामा रहेका छन् ।
बुधबार, भाषा पढ्न जाने विद्यार्थीलाई बिदाई गर्दै  नेपाल चीन जनमैत्री संघका अध्यक्ष विश्वशंकर पालिखेले भाषा अध्ययनले चीन र नेपाल बीचको सम्बन्ध जनस्तरसम्म पुग्न मद्धत पु¥याउने धारणा राखे । विद्यार्थीहरुलाई मेहनतका साथ अध्ययन गर्न आग्रह गर्दै उहाँले पोखरा र कुन्मिन नगरबीचको भगिनी सम्बन्धलाई अझ प्रगाढ बनाउन अन्य क्षेत्रमा पनि सहकार्यको हात बढाइने जानकारी दिए । उनका अनुसार पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारीको केही महिना अघि भएको कुन्मिन भ्रमणको क्रममा कुन्मिनले उपलब्ध गराउने भनिएको दुईवटा दमकल पनि चालु अंग्रेजी वर्षको नोभेम्बरसम्म पोखरा आई पुग्ने जानकारी दिए ।

Post a Comment

 
Top