0
बिजया दशमीको अवसर पारेर राष्ट्रिय परोपकार महासंघ लेखनाथ वडा एकाई समिति ५ ले गर्न लागेको श्रीमददेबी भागवत ज्ञान महायज्ञका लागि तयारी समिति गठन गरिएको छ ।
लेखनाथको विजयपुर स्थीत नवनिर्मीत दुर्गा मन्दिर परिसरमा आगामी असोज ९ गते देखि १६ गते सम्म संचलन हुने श्रीमददेवी भागवत ज्ञान महायज्ञ सम्पन्न गर्नका लागि स्थानीय समाजसेवी राजेन्द्र कुमार रानाभाटको संयोजकत्वमा मूल कार्यसम्पादन समिती गठन गरिएको हो । राष्ट्रिय परोपकार महासंघ नेपालका अध्यक्ष भागवत भाष्कर पण्डित कमलनयन गौतमको विषेस उपस्थितिमा गठन भएको तयारी समितिको सह–संयोजकमा विजयपुर महिला समुहकी अध्यक्ष तिर्थकुमारी वरुवाल रहेकी छन् भने आर्थीक समिती संयोजकमा डम्वर वहादुर थापा र प्रचार प्रसार उप समितीको संयोजकमा मोती गिरि रहेका छन् ।
राष्ट्रिय परोपकार महासंघ लेखनाथ वडा एकाई समिती ५का अध्यक्ष पण्डित गणेस अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा वोल्दै भागवत भाष्कर पण्डित कमलनयन गौतमले स्थानीय स्थरको विकासका लागि स्वयं स्थानीय वासीहरु नै संगठित भएर अगाडि वढ्ने हो भने जुनसुकै काम पनि सफल र प्रभावकारी हुने विचार राखेका थिए ।
एकाई समितिका सचिव शिव वहादुर रानाभाटले संचालन गरेको उक्त कार्यक्रममा स्वागत मन्तव्य सल्लाकार कोपिला रानाभाटले गरेकी थिईन् । घटस्थापना देखि नवमीसम्म संचालन हुने श्रीमददेवी भागवत ज्ञान महायज्ञबाट संकलित रकमबाट नवनिर्मित दुर्गा मन्दिर निमार्ण,अक्षयकोष स्थापना र विजयपुर सामाजिक भवन निर्माणका लागि खर्च गरिने भएको छ ।

Post a Comment

 
Top