0
अख्तियार दुरुयोग अनुसन्धान आयोगले पेट्रोलियम पदार्थको चोरीमा संलग्न नेपाल आयल निगम भलबारी डिपोका उपनिर्देशकसहित ९७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।       भारतबाट पेटूोलियम पदार्थ ल्याउँदा ट्यांकर धनीको मिलेमतोमा कम परिमाण देखाई राजस्व हिनामिना गरेको अभियोगमा रु सात करोड ७७ लाख माग दाबी गर्दै आयोगले सहायक प्रबन्धक अजितकुमार पोखरेल, उपप्रबन्धक कौशवराज आचार्य, सहायक प्रबन्धक रवीनकुमार रावत, प्रबन्धक दीपेन्द्र बस्नेत, सहायक प्रबन्धक रामभक्त कार्की र उपप्रबन्धक देवेन्द्रबहादुर केसीविरुद्ध मुद्दा दायर गरिएको जनाइएको छ । आयोगका अनुसार चार पेट्रोलियम पदार्थ व्यवसायी, ६६ ट्यांकरधनी र १९ ट्यांकर चालकविरुद्ध पनि सोही आरोपमा अभियोगपत्र दर्ता गराइएको छ । उनीहरूले  भारतको बेतालपुरबाट रुपन्देही जिल्लास्थित भलबारी डिपोमा पेट्रोलियम पदार्थ ढुवानी गर्दा निगमका जिम्मेवार कर्मचारीले गैरकानुनी काम गरेको अनुसन्धानका क्रममा खुलेको थियो । निगमका कर्मचारीले पेट्रोलियम पदार्थ व्यवसायी, ट्यांकरधनी एवम् चालकको मिलेमतोमा निर्धारित परिणामभन्दा बढी तेल आयात गरेको, आयातीत तेल सिधै डिपोमा नलगी बीच बाटामा नै ट्यांकरको सिल तोडी अनाधिकृत रुपमा तेल झिकेको पाइएको थियो । निर्धारित परिणामभन्दा बढी आयात गरिएको पेटूोलियम पदार्थको राजस्वसमेत नतिरेको जनाइएको छ ।

Post a Comment

 
Top