0
पोखराको भिमसेनचोकमा रहेको आर्ट ग्यालरीमा पोखराको लेकसाईका विश्व केसीको एकल चित्रकला प्रदर्शनी शुरु भएको छ । माक्स नाम दिइएको उक्त प्रदर्शनी तिन दिनसम्म चल्ने छ ।
प्रदर्शनीमा विभिन्न प्रकारका २३ ओटा फोटोहरु रहेका छन् । मानिसका आकृति एउटै भएपनि फरक फरक रुपमा देखिने भूमिकालाई चित्र मार्फत प्रस्तुत गर्न खोजिएको चित्रकार केसीले बताए । ‘मान्छेको अनुहार जुन बाहिरि रुपमा देखिएपनि भित्रि रुपमा फरक फरक हुन्छ भन्ने कुरालाई देखाउन खोजिएको छु ।’
विगत १२ वर्षदेखि चित्रकलामा लागेका केसीको यो चौथो पटक हो ।प्रर्दशनीमा आठ हजारदेखि २० हजार मुल्य पर्ने चित्रकला प्रर्दशनीमा रहेको उनले बताए । प्रदर्शनी हेर्न पुगेका अग्रज चित्रकार आलोक गुरुङले केसीको नयाँ प्रयास भएपनि रामंो भएको बताए । नयाँ हो तर प्रयास राम्रो छ उनले भने ।

Post a Comment

 
Top